दाङ्ग। दाङको बंगलाचुली गाउँपालिकामा अविरल बर्षपछी आएको वाढीपहिरोका कारण दुइजनाको ज्यान जानुका साथै लाखौंको क्षेती भएको छ। वंगलाचुली गाउँपालिका वडा नम्वर ६ दारेगौडा निवासी ५७ वर्षिय डम्वर बहादुर विक लाई अर्जुन खोलाले बगाउँदा उहाँको मृत्यु भएको छ । त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ जहरे निवासी पार्वती नेपालीलाई अर्जुन खोलाले बगाउँदा वेपत्ता हुनुभएको छ । उहाँको अवस्था अहिले सम्म अज्ञात रहेको छ ।
त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ गहतेरा निवासी हिरा नेपालीलाई पहिरोले पुर्दा वेपत्ता हुनुभएको छ । वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा बंगलाचुली गाउँपालिकाको ८ वटै वडामा रहेका दर्जनौँ स्थानिय सडकहरु पूर्णरुपमा अवरुद्ध रहेका छन् ।
गाउँपालिकामा रहेका दर्जनौ विद्यालयका भवनहरुमा क्षती पुगेको छ ।त्यसैगरी थुप्रै पानिका मुहानहरु पहिरोले पुरीदिदा स्थानियलाई पानि पिउन समस्या भएको छ । भने ठाउँ-ठाउँमा पानीका पाईपहरु समेत पहिरोले क्षती पुराएकोछ ।गाउँपालिकामा रहेका दर्जनौँ वस्तिहरु पहिरोको उच्च जोखिममा रहेका छन् भने सयौँ घरहरु भत्किने अवस्थामा रहेका छन् । अहिले बंगलाचुलीका ८ वटै वडाका स्थानियहरुको घरहरु भत्किए पछी आफन्ति तथा स्थानियको घरमा र सार्वजनिक स्थानहरुमा आश्रय लिएर बस्न बाध्य छन् ।




