काठमाडौं । र्यापर भिटेन (समिर घिसिङ) ले आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाएका गीतहरू पुन: राखेका छन् । १३ दिनअघिमात्र रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीतबाहेक भिटेनले आफ्नो च्यानलबाट सबै गीत हटाएका थिए । मंगलबार रातिबाट हटाएका सबै गीत उनले बुधबार दिउँसो पुन: सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालबाट एकाएक हराएपछि भिटेनको चर्चा बढेको थियो । इन्स्टाग्रामबाट तस्बिर र युट्युब च्यानल भिटेन म्युजिकबाट धेरै गीतहरू हटाउनुका साथसाथै उनले आफ्नो फेसबुक पेज पनि निष्क्रिय पारेका थिए । इन्स्टाग्रामबाट भने भिटेनले दुई वटाबाहेक अरु तस्बिर डिलिट गरेका थिए ।
गत सातामात्र जापानमा भएको कन्सर्टमा उनले सिसाको बोतल आफ्नै टाउकोमा फुटाएपछि हङगामा भएको थियो । इन्स्टाग्राम लाइभमा पनि जथाभावी बोल्दै उच्छृंखल गतिविधि गरेपछि भिटेनलाई फ्यानहरूले मानसिक स्वास्थ्यको ख्या गर्नसमेत सुझाएका थिए ।
‘भिटेन’लाई माया गर्ने फ्यान मात्रै होइन, मन नपराउने र ‘हेट’ नै गर्ने पनि छन् । केही समय अगाडि उनले जापानमा कन्सर्ट गरेका थिए। उक्त कन्सर्टमा उनले आफ्नो टाउकोमा बोटलले हान्ने जस्ता प्रवृति गरेका थिए।
जापानको कन्सर्टमा ‘बबाल’ गरेयता भिटेनको मानसिक स्थितिलाई लिएर उनका फ्यान चिन्तित छन् । उनका फ्यानहरूले समेत उनको मानसिक स्थिति ठिक नभएको भन्दै उपचार गराउनको लागि सुझाएका थिए। भिटेनको दिमाग्मा अहिले के कुरा खेलिरहेको छ ? यो कुरा स्वम उनी आफै बाहेक अरु कसैलाई थाहा छैन ।
युवा पुस्तामाझ चर्चित भिटेनको आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट १३ दिन अगाडि सार्वजनिक गरिएको ‘आफ्नो बाटो’ बोलको गीत बाहेक मंगलबार रातिदेखि उनले अन्य गीत हटाएका छन्। बुधबार दिउँसो भने आफूले हटाएका यी सबै गीत युट्युबमा पुनः राखेका छन् । यस्तै, उनले सामाजिक सञ्जालमा इन्स्टाग्रामबाट पनि दुई वटा पोस्ट बाहेक सबै तस्बिर हटाएका छन्। उनको फेसबुक पेज पनि निष्क्रिय रहेको छ ।
अश्लील र अभद्र गीत गाएको आरोपमा भिटेन समयसमयमा विवादमा आउने गरेका छन् । स्वच्छन्द शैलीका र्याप गाएर उनी बेलाबेला प्रहरी खोरमा समेत पुग्ने गरेका छन् । तर, उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने कयौं सन्देशमूलक गीत पनि गाएका छन् । ‘बैनी…’, ‘लफंगा…’, ‘चुरोट…’, ‘हालखबर…’, ‘कथा…’, ‘मान्छे खत्तम…’ लगायत उनका सन्देशमुलक गीत हुन् ।




