सांगीतिक कार्यक्रमका लागि साइप्रस जाँदै गरेका चर्चित गायक प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमन विभागले २० घण्टा नियन्त्रणमा लिएको छ ।उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति नियन्त्रणमा लिएका हुन् ।
उनीहरु साइप्रस नपुग्दा त्यहाँ नेपाली समुदायले आयोजना गरेको कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस स्थगित भएको छ । कोष ओभरसिज प्रालि र एसएम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुसनले कार्यक्रम आयोजना गरेका थिए ।
नक्कली भिसा भएको शंका गरेर अध्यागमनले खरेललाई २० घण्टा नियन्त्रणमा लिएको आयोजक सुबास मल्ले बताएका छन्। उनका अनुसार खरेलसँगै अर्का गायक बादल थापालाई पनि त्यहाँको अध्यागमनले रोकेको थियो।
अध्यागमनले शंका गरेर उडान नदिएपछि नेपालस्थित साइप्रस कन्सुलेट र नयाँदिल्लीस्थित साइप्रस दूतावासले मेल गरी भिसा सक्कली भएको प्रमाणित गरेर पठाएको थियो। उक्त मेलपछि खरेललाई अध्यागमनले छाडेको थियो।



