मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
ताजा समाचार

दुर्गा प्रसाईंको दाबी, “पश्चिमी शक्तिले नेपाललाई अस्थिर बनाउन खोज्दै”

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ, असोज २। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले एक भिडियो सन्देशमार्फत नेपालविरुद्ध ठूलो विदेशी षड्यन्त्र भइरहेको दाबी गरेका छन्। उनले भदौ २३ र २४ गतेको हिंसात्मक घटनामा आफू र आफ्ना समर्थक संलग्न नभएको प्रष्ट पारेका छन्।

प्रसाईंले पश्चिमी शक्तिहरूले विगत १३ वर्षयता भएका ठूला राजनीतिक घटनाक्रमहरूलाई योजनाबद्ध रूपमा अघि बढाएको आरोप लगाएका छन्। उनका अनुसार यो योजनाले नेपाललाई अस्थिर बनाउने, सनातन धर्म र राजसंस्था कमजोर पार्ने र अन्ततः देशलाई विदेशी नियन्त्रणमा ल्याउने उद्देश्य लिएको छ।

उनले राष्ट्रवादीहरूलाई एकजुट भई “देश बचाउने अभियान” मा लाग्न आह्वान गर्दै राजालाई पनि सक्रिय हुन आग्रह गरेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।