इसेवाले माग्यो देशभरका लागि १३० जना कर्मचारी

इसेवाले माग्यो देशभरका लागि १३० जना कर्मचारी

काठमाडौँ । इसेवाले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै देशभरका लागि १३० जना कर्मचारी मागेको हो ।

कम्पनीले बजार प्रतिनिधि र बजार ब्यवस्थापकमा कर्मचारी मागेको हो । जसका लागि कोशि प्रदृशमा १५ जना, मधेश प्रदेशमा ४ जना, बागमति प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा ३२ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना कर्मचारी मागेको छ ।

उक्त पदका लागि १२ पास भएको उम्मेदावारहरुलाई आवेदन दिन प्रोत्साहित गर्ने कम्पनीले जारी गरेको सूचनामा भनेकोछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल Career@esewa.com.np मार्फत सिभि पठाउन सक्नेछन् ।

Europass CV in Nepal

कसरी तयार गर्ने सीभी?

कुनैपनि पेशामा आवेदन दिनु अगाडि व्यक्तिले जीवनभर प्राप्त गरेको शिक्षा, पेशागत व्यवसायिक कार्य अनुभव र पेशागत तालिम आदि योग्यतालाई विभिन्न ढाँचा र नियमहरुका साथ संक्षिप्तमा व्यक्तिगत विवरण (सी.भी) रोजगारदातालाई प्रस्तुत गर्नुपर्दछ | सी.भी बनाउन आवश्यक पर्ने तत्वहरु छोटकरीमा तल उल्लेख गरिएको छ |

व्यक्तिगत विवरण सीभी के हो ?

तपाईले आर्जन गरेको शिक्षा, व्यवसायिक कार्य अनुभव, क्षमता र पेशागत योग्यतालाई दर्शाउने गरि संक्षिप्त रुपमा तयार पारिएको विवरण, सी.भी हो | सी.भीमा कार्य अनुभव, शैक्षिक योग्यता… प्राप्त गरेको तालिम.., परिचय…, रुचीहरु…, ठेगाना… र भाषागत दक्षता… जस्ता जानकारीहरु समावेश गर्न सक्नुहुन्छ | जसले आवेदकको पुरा जानकारी रोजगारदाता कम्पनिले प्राप्त गर्दछ |

व्यक्तिगत विवरण सीभी किन आवश्यक छ ?

जुनसुकै पेशाहरुमा आवद्ध हुनको लागि तपाईलाई सी.भीको आवश्यकता पर्दछ | कम्पनि तथा संघ संस्थाको आवश्यक पदमा सबै भन्दा छिटो, छरिदो र उपयुक्त कर्मचारी छनोट गर्ने आधारनै सी.भी हो | सी.भी बनिसके पछी योग्यता अनुसारको पेशा गर्नको लागि सम्बन्धित विभिन्न उद्योग तथा संघसंस्थाहरुमा पठाउन सक्नुहुन्छ | तपाईले सम्बन्धित पेशागत अनुभव तथा शिक्षा हासिल गर्ना साथ सी.भीमा थप्दै जान सक्नुहुन्छ |

व्यक्तिगत विवरण सीभी कसरी निर्माण गर्ने ?

व्यक्तिगत विवरण (सीभी) निर्माण गर्ने विभिन्न तरिकाहरु छन्, तर जुनसुकै तरिका अपनाए पनि आवश्यक जानकारीहरु एउटै हुन्छन् | तपाईले सीभीमा उल्लेख गर्नुपर्ने कुराहरु निम्न लिखित छन्:

पुरा नाम

  • ठेगाना र टेलिफोन नम्बर
  • उमेर र वैवाहिक स्थिति (यदि बैदेशिक रोजगार हो भने…)
  • शैक्षिक योग्यताहरुको सम्क्षिप्त विवरण
  • कार्य अनुभवको संक्षिप्त विवरण
  • आवश्यक प्रमाणपत्र र कागजातहरु
  • रिफरेन्स (तपाईको क्षमता र योग्यताको बारेमा बताउन सक्ने व्यक्तिको नाम र सम्पर्क ठेगाना)

यूरोपस सीभी बनाउन  Europass Resume राम्रो विकल्प हुन सक्छ।