मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

१५ फिट लामो अजिंगरले निल्यो सिङ्गै बाख्रा

Himali Patrika 1 मिनेट पढाइ

हिजोआज धेरै ठाउँबाट सर्पका घटनाहरु आइरहेका छन् । आज भारतको कानपुरमा सिङ्गै बाख्रा निलेर आराम गरिरहेको अवस्थामा एउटा अजिंगर भेटिएको छ। भारतीय मिडियामा आएको रिपोर्टका अनुसार  भारतीय शहर कानपुरको चन्द्रशेखर आजाद युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजी (सीएसए युनिभर्सिटी) मा १५ फिट लामो अजिंगर भेटिएको हो।

अजिङ्गरले बाख्रालाई निलेको अवस्थामा भेटिएको थियो। अजिङ्गर सिङ्गै बाख्रा निलेपछि निकै फुलेको अवस्थामा थियो । जानकारीका अनुसार संस्थानको दुग्ध विभागको पछाडिपट्टि रहेको बस्तीमा बस्ने मानिसहरु अजिंगर देखेपछि त्रसित बनेका थिए । आवाज निकालेर अजिंगर दुग्ध विभागतर्फ गयो ।

विभागका अध्यक्ष डा. वेदप्रकाशले तत्काल वन विभागका आरएफओ लल्लु सिंह र चिडियाखानाका इन्चार्ज डा अनुराग सिंहलाई खबर गरी अजिङ्गरलाई बचाउन आग्रह गरेका थिए । वन विभागको टोली घटनास्थलमा पुगेर उद्धार सुरु गरेको थियो । आधा घण्टाको मेहनतपछि उद्धार टोलीले अजिंगरलाई समातेको हो । त्यसपछि अजिंगरलाई चिडियाखानाको सर्पको घरमा लगेर छोडिएको थियो ।

सीएसएका उपकुलपति डा. डीआर सिंहले संस्थानमा अजिंगर निस्किएको जानकारी पाएको बताए । वन विभागको टोलीले अजिंगरको उद्धार गरेको छ । १५ फिट लामो अजिंगरलाई हेर्न मानिसको भीड लागेको थियो । वन विभागको टोली पुग्न ३ घण्टा लागेको थियो, तबसम्म वरपरका मानिसहरु सर्पको डरले सडकमै बसेका थिए ।

यसअघि पनि भारतको जलाउनको कुथौण्ड थानामा विषालु कोब्रा फेला परेपछि प्रहरीमा हलचल मच्चिएको थियो । सिपाहीहरूले इन्चार्ज इन्स्पेक्टरलाई यो जानकारी दिए। उनले लाठीको सहाराले सर्पलाई निकै मुस्किलले नियन्त्रणमा लिएका थिए । यसै क्रममा कोब्राले सर्पलाई टोक्ने प्रयास पनि गरेको थियो  तर चलाखीपूर्वक सर्पलाई प्लाष्टिकको बोतलमा बन्द गरेर जंगलमा छोडिदिए ।

आगरामा पनि विगतमा विभिन्न पाँच ठाउँबाट सर्पलाई उद्धार गरी जंगलमा छाडिएको छ । पहिलो घटनामा, शास्त्रीपुरममा दुई पाङ्ग्रे सवारी साधनको इन्जिनबाट वाइल्डलाइफ एसओएस र्‍यापिड रेस्पोन्स युनिटले पाँच फिट लामो मुसा सर्पलाई उद्धार गरेको थियो। दोस्रो घटनामा फतेहपुर सिक्री नजिकै माछा मार्ने जालमा फसेको पाँच फिट लामो कोब्राको उद्धार गरिएको थियो । तेस्रो घटना अछनेराको सकतपुरको हो । यहाँ घरको टिभी सेट पछाडिबाट सर्पको उद्धार गरिएको थियो । यस्तै किरावली क्षेत्र र कुबेरपुरबाट पनि खतरनाक सर्पको उद्धार गरिएको छ । एजेन्सीको सहयोगमा

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।