मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

चीनले अन्तरिक्षमा बाँदर पठाउने घोषणापछि विश्व चकित, प्रजनन सम्बन्धि अनुसन्धान गर्ने

Himali Patrika 1 मिनेट पढाइ

चिनियाँ अन्तरिक्ष स्टेसन तियांगोंगको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ। उक्त स्टेसन पूर्ण रुपमा सञ्चालनमा आएसँगै चीनले त्यहाँ शून्य गुरुत्वाकर्षणमा जीवन विज्ञानको अनुसन्धान गर्ने योजना बनाइरहेको छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार अन्तरिक्षमा प्रजननको सम्भावनाबारे अध्ययन गर्नका लागि चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा बाँदर पठाउने योजना बनाएको छ। बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसले यो परियोजनाको नेतृत्व गरिरहेको छ।

चीनको तियांगोंग स्पेस स्टेशनमा माइक्रोग्राभिटीमा अध्ययनका लागि आवश्यक वैज्ञानिक उपकरणहरु जडानको काम भैरहेको छ। सन् २०२३ को सुरुवातमा स्टेशनमा रहेको वेन्टियान मोड्यूलभित्र उक्त प्रयोग गर्ने योजना बनाइएको छ।

चाइनिज एकेडेमी अफ साइन्सेसका एक शोधकर्ता झांग लूका अनुसार मुसा तथा अफ्रिकी लंगूर बाँदरमा गरिने उक्त अनुसन्धानका क्रममा ती जीवहरुले अन्तरिक्षमा कसरी प्रजनन गर्दछन् भन्ने हेरिनेछ। यसले माइक्रोग्राभिटी तथा अन्तरिक्षको वातावरणमा जीवहरुको अनुकुलनलाई बुझ्न सहयोग गर्ने बताइएको छ।

चीनले हालै आफ्नो अन्तरिक्ष स्टेशनको अन्तिम मोड्यूललाई स्टेसनसँग जोडेको छ। चीनको स्पेस स्टेसन टी आकारको हुनेछ, जसमा तियान्हे, भेन्टियान र मेन्गटियन ल्याब मोड्यूल रहेका छन्। आगामी वर्ष नै आफ्नो स्पेस स्टेसनमा विभिन्न ९ वटा वैज्ञानिक प्रयोग गर्ने योजना चिनिया मानवयुक्त स्पेस एजेन्सी (सिएमएसए)को छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।