मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एमालेको कतै पनि चुनाव लड्ने ठाउँ छैन : मेटमणि चौैधरी

Himali Patrika 1 मिनेट पढाइ

रुकुम । नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश पार्टी अध्यक्ष मेटमणि चौधरीले नेकपा एमालेको अब कतै पनि चुनाव लड्ने ठाउँ नरहेको बताएका छन् ।

आज रुकुमकोटमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव लड्नका लागि पार्टीको एजेण्डा, विचार जीवित हुनुपर्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यात्रा भनेको पार्टी नीति, सिद्धान्त र एजेण्डाविहीन अवैधानिक हो ।’

ओली प्रधानमन्त्री हुँदा पनि पटक–पटक असंवैधानिक कदम चालेकाले अब एमालेको कतै पनि चुनाव लड्ने ठाउँ नरहेको उनको भनाइ थियो । ओलीले असंवैधानिक कदम चाल्नुका साथसाथै आसेपासेको पालनपोषणमा मात्र लागि परेकाले आफूहरु एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको चौधरीले बताए।

उनले भने, ‘पार्टीमा रहेर ओलीलाई सुध्रिन पटकपटक सल्लाह, सुझाव र अवसर पनि दियौँ, पार्टीभित्रको विद्रोहले ओली परिवर्तन नभएपछि बाध्य भएर हामी विद्रोहबाट नयाँ पार्टी निर्माण गरी राष्ट्रलाई सही दिशामा हिँडाउन अगाडि बढ्यौँ, अहिले हामी त्यो यात्रामा छौँ ।’ अब एमाले चुनावका लागि जनताको माझमा जाने वातावरण नभएको भन्दै उनले केपी ओलीले देखाएको व्यवहार जनताले छर्लङ्गै बुझिसकेको बताए।

अब सबै कम्युनिष्ट पार्टी एकताबद्ध भएर जान लागेको पनि उनको भनाइ थियो । एमाले पार्टी सुक्दै जाने र अन्य कम्युनिष्ट पार्टीसँग एकता गरेर देशमा सबैभन्दा ठूलो पार्टी निर्माण गर्ने सङ्कल्पका साथ एकीकृत समाजवादी अगाडि बढिसकेको उनले बताएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।