मुख्य सामग्रीमा जानुहोस्
Sunday, 11 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

गगन थापाका लागि भोट माग्दै अभिनेत्री केकी अधिकारी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । यसअघि कुनै पनि राजनीतिक खेमामा नखुलेकी केकीले आफूलाई कांग्रेसको पक्षमा उभ्याएकी हुन् ।

केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् ।

‘असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा अघि बढाउन अपील गर्छु । सफल राजनीतिज्ञको रुपमा दाइको उदय होस् भन्ने कामना गर्छु,’ केकीले भनेकी छन् ।

गगनबारे केकी भन्छिन्, ‘राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता, संसदप्रतिको लगाव प्रशंसनीय छ । कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको थियो ।’

नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति गगन थापाको अभिरुचि आफूले पाएको पनि उनले बताएकी छन् । ‘संसदमा उहाँले राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो,’ केकीले भनेकी छन् । केकीले समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आवाज उठाउँदै आएकी छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।