तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप दुर्घटना, तीन जनाको मृत्यु

तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप दुर्घटना, तीन जनाको मृत्यु

२६ मंसिर, तुलसीपुर। तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप सिरखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४८ वर्षिय पे्रमप्रकाश शर्मा, कपुरकोट-४ का ४६ वर्षिय साउनी घर्ती र सोही ठाउँकै २५ वर्षिय लालमति खड्काको निधन भएको छ ।

दुर्घटनामा परी १३ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी जीपमा सवार कपुरकोट-४ का २५ वर्षिय लक्ष्मी बुढा, कपुरकोट-३ का ४५ वर्षिय देवा चापागाई, सोहि ठाउँका २७ वर्षिय भुपबहादुर थापा, सोहि ठाउँकै २२ वर्षिय धर्म थापा, सोहि ठाउँकै ५ वर्षिय दिपेश थापा गम्भिर घाइते हुनुभएको छ ।

त्यसैगरी कपुरकोट-४ का ६६ वर्षिय डम्बर बुढाथोकी, सोहि ठाउँका १८ वर्षिय अनिता पुन, कपुरकोट-३ का १९ वर्षिय रमिता बस्नेत, कपुरकोट-४ का ३९ वर्षिय जील बुढा, कपुरकोट-२ का १८ वर्षिय किशोर बस्नेत गम्भिर घाइते हुनुभएको छ ।

Europass CV in Nepal

यसैगरी कपुरकोट-४ का ३४ वर्षिय कमला थापा, कपुरकोट-३ का ४६ वर्षिय कणर्बहादुर खड्का र सोहि ठाउँका ५२ वर्षिय चन्द्र खड्का घाइते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिनुभयो । घाईते मध्ये केहिको जिल्ला बाहिर रिफर गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

 

Europass CV in Nepal