मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप दुर्घटना, तीन जनाको मृत्यु

Himali Patrika 1 मिनेट पढाइ

२६ मंसिर, तुलसीपुर। तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप सिरखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४८ वर्षिय पे्रमप्रकाश शर्मा, कपुरकोट-४ का ४६ वर्षिय साउनी घर्ती र सोही ठाउँकै २५ वर्षिय लालमति खड्काको निधन भएको छ ।

दुर्घटनामा परी १३ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी जीपमा सवार कपुरकोट-४ का २५ वर्षिय लक्ष्मी बुढा, कपुरकोट-३ का ४५ वर्षिय देवा चापागाई, सोहि ठाउँका २७ वर्षिय भुपबहादुर थापा, सोहि ठाउँकै २२ वर्षिय धर्म थापा, सोहि ठाउँकै ५ वर्षिय दिपेश थापा गम्भिर घाइते हुनुभएको छ ।

त्यसैगरी कपुरकोट-४ का ६६ वर्षिय डम्बर बुढाथोकी, सोहि ठाउँका १८ वर्षिय अनिता पुन, कपुरकोट-३ का १९ वर्षिय रमिता बस्नेत, कपुरकोट-४ का ३९ वर्षिय जील बुढा, कपुरकोट-२ का १८ वर्षिय किशोर बस्नेत गम्भिर घाइते हुनुभएको छ ।

यसैगरी कपुरकोट-४ का ३४ वर्षिय कमला थापा, कपुरकोट-३ का ४६ वर्षिय कणर्बहादुर खड्का र सोहि ठाउँका ५२ वर्षिय चन्द्र खड्का घाइते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिनुभयो । घाईते मध्ये केहिको जिल्ला बाहिर रिफर गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।