मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अक्षयकुमारलाई ‘हेराफेरी ३’ मा फिर्ता ल्याउँछु : सुनिल सेट्टी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । चर्चित हिन्दी फिल्म ‘हेराफेरी’को तेस्रो श्रृंखला कलाकारको हेरफेरलाई लिएर चर्चामा छ । फिल्ममा कार्तिक आर्यन भित्रिएको र अक्षयकुमार बाहिरिएको खबरले चर्चा चुलिएको छ ।

अक्षय स्वयंले फिल्मको नयाँ समूहसँग रचनात्मक असमझदारी रहेको खुलासा गरिसकेका छन् । उनी फिल्मको स्क्रिप्टसँग सन्तुष्ट पनि थिएनन् । जब कार्तिक आर्यनले आफू पनि हेराफेरी ३ को हिस्सा भएको बताए तब अक्षयकुमारको संलग्नतालाई लिएर अन्योल भयो ।

यो मामिलामा सुनिल सेट्टीको प्रतिक्रिया आएको छ । फिल्ममा सुनिलले श्याम नामक चरित्र निर्वाह गरेका थिए ।जब कार्तिकले अक्षयलाई फिल्मबाट रिप्लेस गरेको खबर बाहिरियो तब सुनिलले यसलाई अस्वीकार गरेका छन् । अक्षयलाई कसैले पनि रिप्लेस गर्न नसक्ने भन्दै सुनिलले कार्तिकको भूमिका अन्य रहेको समेत बताए ।

सुनिल सेट्टीले अक्षयकुमार बिना हेराफेरी पहिलेजस्तै नहुने भन्दै उनलाई मनाउन आफूले कुरा गर्ने बताएका छन् । सुनिलले भने, ‘अक्षय नहुँदा फिल्ममा खालीपन अवश्य हुन्छ । अब निष्कर्ष के हुन्छ, त्यो हेर्न बाँकी छ । म यसबारेमा केही पनि जान्दिनँ । म अहिले ‘धारावी बैंक’मा व्यस्त छु । यसबारे बसेर कुरा गर्ने समय मसँग थिएन । म १९ नोभेम्बर पछि नै बसेर कुरा गर्छु । अक्की र बाँकी सदस्यसँग कुरा गरेर यथार्थ के भएको हो यसबारे बुझ्छु ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।