मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

सागर ढकाल तीनदिनक्यै नखाई व्रत बस्ने

Himali Patrika 1 मिनेट पढाइ

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिनसम्म निराहार ब्रत बस्ने घोषणा गरेका छन्। बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन्।

‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन। यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्छु भन्ने प्रण गरेको छु।’

सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन्। डडेल्धुराका जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रहसमेत गरेका छन्।

गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन्। यहाँ देउवा, सागर र नेपाली कांग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाहीबीच प्रतिस्पर्धा हुँदैछ। पाँच वर्षअघि बीबीसी साझा सवालको कार्यक्रममा शेरबहादुर देउवालाई प्रश्न गरेर उनी चर्चामा आएका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।