मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपाललाई रुवान्डाका राजदूतकाे प्रस्ताव– ‘दुई पक्षीय हवाई सम्झौता गराैँ’

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । रुवान्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवान्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राख्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज आइतवार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवान्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गर्नुभएको हो ।

भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवान्डाबीच हवाई सम्झौता गरिए पर्यटन प्रवर्द्धनमा फाइदा हुने भएकाले त्याे सम्झौता गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रुवान्डाका पर्यटक भित्र्याउनका लागि भए पनि नेपाल र रुवान्डाबीच हवाई सम्झौता गर्न आवश्यक छ, यो सम्झौताले दुई देशको मित्रता पनि थप कायम हुनेछ ।’ भेटका क्रममा राजदूत मुकाङ्गीराले संस्कृति तथा पर्यटन क्षेत्रमा दुई पक्षीय सहयोग आदानप्रदान गर्न आग्रह गर्नुभयो ।

राजदूत मुकाङ्गीराले राख्नुभएको दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्तावका बारेमा मन्त्री आलेले सकारात्मक रूपमा लिइएको र औपचारिक माध्यमबाट त्याे प्रस्तावको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्ताव हामीले सकारात्मक रूपमा लिएका छौँ, औपचारिक माध्यम तथा छलफलबाट प्रक्रिया अगाडि बढाउने छौँ ।’

शिष्टाचार भेटका क्रममा मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सहसचिव बुद्धिसागर लामिछानेको सहभागिता थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।