मुख्य सामग्रीमा जानुहोस्
Saturday, 10 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बुथ कब्जा र फर्जी मतदान गर्न खोज्नेहरुका लागि यस्तो छ निर्वाचन आयोगको योजना

Himali Patrika 1 मिनेट पढाइ

बुथ कब्जा र फर्जी मतदान निष्प्रभावी पार्नका लागि गृह मन्त्रालयले छुट्टै संयन्त्र परिचालन गरेको छ। यस्ता, गतिविधिमा संलग्न व्यक्ति र सहयोग गर्ने कर्मचारीलाई तत्कालै कारबाहीका लागि अधिकारसम्पन्न संयन्त्र परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोज्नेलाई तत्कालै कारबाहीका लागि विशेष संयन्त्र खटाइएको बताए।

‘अवाञ्छित गतिविधिमार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई प्रभावित गराउन खोज्नेहरू र त्यसलाई सहयोग पुर्‍याउनेहरूलाई तत्कालै कारबाहीका लागि विशेष संयन्त्र परिचालन गरेका छौँ,’ उनले भने।

मतदानका लागि निर्वाचन आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ। आयोगका अनुसार १ सय ४१ अस्थायी मतदानस्थल समेत छन्। त्यस्ता मतदानस्थलबाट कैदी,कर्मचारी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई मतदानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

गृह मन्त्रालयले ३ हजार ८० मतदानस्थललाई अतिसंवेदनशील सुचीमा राखेको छ। यस्तै ४ हजार ४ सय ८० स्थल संवेदनशील र ३ हजार ३ सय १९ कम स्थल संवेदनशील सुचीमा समावेश छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।