नायक प्रदीप खड्काले राजनीतिमा आफूलाई कुनै न कुनै रुपमा सक्रिय बनाउने संकेत यसपटकको निर्वाचनमा देखाए । विशेषगरि, प्रदीपले यसपटक केही दलका नेताका लागि खुलेरै भोट मागे ।
यही क्रममा केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रदीपले एउटा भ्यागुतोको कथा सुनाए । जुन भिडियो टिकटकमा चर्चामा छ ।
प्रदीपले सुनाएको भ्यागुतोको कथा रोचक छ । उनले भने, एउटा भ्यागुतोलाई तातो, चिसोमा बस्न सक्ने बानी हुन्छ । उक्त भ्यागुतोलाई पानीमा राखेर तलबाट आगो लगाइन्छ । पानी विस्तारै तात्दै जान्छ, भ्यागुतोले आफूलाई त्यही अनुसार बदल्दै जान्छ । पानी तात्दै गएपछि भ्यागुतोको तातो सहन सक्ने क्षमता पनि बढ्दै जान्छ ।
तर, जब पानी तातो हुन्छ भ्यागुतोको सहन सक्ने क्षमता पनि सकिदै जान्छ । उ त्यहाँबाट भाग्न खोज्छ, तर सक्दैन र तातोले मर्छ । हो, हाम्रो पनि सहने क्षमता हुन्छ । तर, कती सहने भन्ने हुन्छ । यदि, हामीले हरेक कुरालाई सहेरै बस्यौं भने भ्यागुतो जस्तै आफूलाई नै मार्छौ । यसैले, आफूलाई समय अनुसार परिवर्तन गर्न सक्नुपर्छ ।
प्रदिप खड्का भारतबाट स्वदेश फर्किएलगत्तै विभिन्न दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको पक्षमा खुलेर भोट मागेका छन्। यसअघि राजनीतिमा नखुलेका प्रदीपले गठबन्धनको पक्षमा आफूलाई उभ्याए त्यस पछि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको पक्षमा पनि खुले लगतै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षेमा पनि मत मागन भ्यायका छन् ।
मङ्गलवार बर्दघाट पुगेर नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट मागेका थिए, भने त्यसको भोलिपटै रुपन्देही क्षेत्र नम्बर-३ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोरालाई मत मागन पुगेका थिए ।
बुधबार अर्का कांग्रेस उम्मेदवार गगन थापाको चुनावी घरदैलोमै पुगेर प्रदीपले उनको पक्षमा भोट समेत मागे । घरदैलोकै क्रममा गगनलाई भावी प्रधानमन्त्रीको चर्चा समेत गरेका छन् । त्यसोत प्रदिपले भोट माग्देका मध्य कुन कुन नेताले चुनाव जित्ने हुन् । अब त्यो त मत गणना गरेपछि थहा हुने नै छ ।





