मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

उम्मेदवार चढेको गाडी भित्र महिलाले जन्माईन बच्चा

Himali Patrika 1 मिनेट पढाइ

दाङ  । दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन् । दाङ  क्षेत्र नं  ३ (१) का प्रदेशसभा  उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्र तुलसीपुर उपमहानगरपालिका– १५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई जन्म दिएको उहाँका श्रीमान प्रदिप चौधरीले जानकारी दिनुभयो ।

आफन्तसँग भेटघाटमा रहनु भएका पाण्डेले सुत्केरी व्यथाले थलिएको खबर पाएपछि उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा सृजनाले बाटोमै छोरीलाई जन्म दिनुभएको हो ।

बा १२च ३६२४ नम्बरको स्कारपियो जिपमा अस्पताल लग्दै गर्दा राति १० बजेर ५५ मिनेट जादा छोरीको जन्म भएको प्रदिपले जानकारी दिनुभयो । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएको राप्ती प्रादेशिक अस्पताल अन्तर्गत प्रसूति गृहमा कार्यरत अनमी पुजना वलीले जानकारी दिनुभयो । सृजनाको यो दोस्रो सन्तान हो ।

यस अघि उहाँले पहिलो सन्तानको रुपमा प्रिन्सालाई जन्म दिइसक्नु भएको छ । सुत्केरीका आफन्तले सहयोगका लागि धन्यवाद दिदै गर्दा उम्मेदवार पाण्डेले यो आफ्नो कर्तव्य रहेको प्रतिकिया दिदै सहयोग गर्न पाउँदा निकै खुशी भएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका मातृशिशु मृत्युदर सुन्यमा झार्ने देशमै पहिलो स्थानीय पालिका हो । तुलसीपुर उपमहानगरापलिकामा ४ वर्षको अवधिमा करिब १८ हजार जनाले सुत्केरी सेवा लिएका छन् ।

उम्मेदवार पाण्डे तुलसीपुर उपमहानगरपालिकाको नेतृत्वमा रहदा स्मार्ट छोरी बिहेबारी, बिस वर्ष पारी नारा दिएर छोरीलाई जन्मेको २० वर्षसम्म मासिक दुई दुईसय रुपैयाँ भत्ता दिने नीति लागू गर्नुभएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।