मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कतार विश्वकप शुरु हुनुअघि मेसी र रोनाल्डो चेस खेल्दै गरेको तस्बिर भाइरल, के हो वास्तविकता

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीले कतार विश्वकप शुरु हुनुअघि एउटा फोटो सार्वजनिक गरे । जहाँ उनीहरु चेस खेलिरहेको देखिन्छन् । उक्त तस्बिर सार्वजनिक भएसँगै भाइरल भएको छ ।

उक्त तस्बिरलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनीहरुसँगै चेस खेलिरहेको तस्बिर अरु केही नभएर विज्ञापन मात्र हो । उनीहरु पहिलो पटक एकै विज्ञापनमा देखिएका छन् ।

दुबै स्टार खेलाडी लुइस वुइटनको ‘लक्जरी’ कपडाको विज्ञापनमा देखिएका हुन् । रोनाल्डो र मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा चेस खेल्दै गरेको फोटो राखेर विज्ञापन गरेका छन् ।

सदावहार को उत्कृष्ट भनेर मेसी र रोनाल्डोबीच चर्चा हुने गर्दछ । विज्ञापनमा भने पहिलो पटक दुबै खेलाडी चेकदार सुटकेसमा चेस खेलिरहेका छन् । यो खेल कस्ले जित्यो त्यो भने लेखिएको छैन । मेसीले लेखेका छन्,‘विजय मनको आस्था हो।’

दुबै खेलाडी हाल कतार विश्वकपका लागि दोहामा छन् । विश्वफुटबलको स्टार खेलाडी द्वयको लागि यो नै अन्तिम विश्वकप हुने मानिएको छ । मेसीले बालोन डि ओर सात पटक र रोनाल्डोले पाँच पटक बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।