राजेन्द्र लिङ्देनलाई कमल थापाले भने-‘निर्मल निवासदेखि तपाई सुरक्षित हुनुहुन्न, हाेसियार !’

राजेन्द्र लिङ्देनलाई कमल थापाले भने-‘निर्मल निवासदेखि तपाई सुरक्षित हुनुहुन्न, हाेसियार !’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई निर्मल निवासदेखि सुरक्षित नभएको बताएका छन् । देश गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर राजतन्त्रको झण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति आफूलाई त कोपभाजन पारिएको भन्दै थापाले सोमबार लिङ्देन पत्रमार्फत असुरक्षित रहेको बताएका हुन् ।

उनले पत्रमा भनेका छन्, ‘सिंगो मुलुक गणतन्त्र भएको बेला शीरमा कफिन बाँधेर राजतन्त्रको एजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाई पनि हुनुहुन्न । तपाईको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई यो प्रवृत्तिको अवश्य शिकार हुनुहुनेछ । पार्टीभित्र यस्तो अवस्था सिर्जना हुनु दूर्भाग्यपूर्ण छ ।’

थापाले निर्वाचनमा निर्मल निवासको हस्तक्षेपबारे पनि निष्पक्ष छानविन गर्न माग गरेका छन् । ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपत्रको भर्त्सना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस शुरु गर्नुहोस्,’ उनले पत्रमार्फत् भनेका छन् ।

Europass CV in Nepal

Europass CV in Nepal