दोहा । कतार सरकारले टिकट खरिद गर्न नसक्ने आप्रवासी कामदारहरूका लागि विश्वकप हेर्न छुट्टै व्यवस्था गर्ने भएको छ । कतारमा आइतबार (आज) देखि पुष ३ गतेसम्म विश्वकप फुटबल हुँदैछ । १३ लाख विदेशी कामदार रहेको कतार सरकारले टिकट खरिद गर्न नसक्नेहरुका लागि विश्वकप हेर्न छुट्टै व्यवस्था गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।
कतारले औद्योगिक क्षेत्रमा बस्ने आप्रवासी कामदारहरूका लागि तीन मुख्य स्थानमा ठूलो प्रोजेक्टर स्क्रिनसहित विश्वकप हेर्ने व्यवस्था मिलाउने कतारी अध्यागमन विभागलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।
आप्रवासी कामदारले औद्योगिक क्षेत्रमा स्थापना गरिएका ठूलाठूला स्क्रिनसहितका फ्यान जोनमा गएर विश्वकप हेर्ने व्यवस्थासमेत गरेको छ । उनीहरू ती क्षेत्रमा आप्रवासी कामदारलाई कुनै शुल्क नलाग्ने र हय्या कार्ड पनि नचाहिने बताइएको छ ।
कतिपय औद्योगिक क्षेत्रमा निःशुल्क रक्तचाप र मधुमेहको परीक्षण गर्ने व्यवस्था मिलाइएको छ भने फ्यान जोन जान तथा आवासमा फर्किन निःशुल्क बसको पनि व्यवस्था गरिएको कतार सरकारले जनाएको छ ।
नेपालीहरू धेरैजसो भेला हुने ग्रान्ड महलनजिकै रहेको एसियन टाउन क्रिकेट स्टेडियममा गएर विश्वकप हेर्न सकिने र त्यहाँ ठूलो स्क्रिन, सांस्कृतिक कार्यक्रम, फ्रि वाइफाइ, खेल प्रतियोगितालगायत खानाको स्टल राखिएको त्यहाँ रहेका नेपालीहरूले जानकारी दिएका छन् । महँगो अथवा टिकट काटेर हेर्ने नसक्ने विदेशी कामदारका हकमा प्रोजेक्टर स्क्रिनमा विश्वकप हेर्ने व्यवस्था गरिएको जनाइएको छ ।थानकोट ।
कतार सरकारले टिकट खरिद गर्न नसक्ने आप्रवासी कामदारहरूका लागि विश्वकप हेर्न छुट्टै व्यवस्था गर्ने भएको छ ।
कतारमा आइतबार (आज) देखि पुष ३ गतेसम्म विश्वकप फुटबल हुँदैछ । १३ लाख विदेशी कामदार रहेको कतार सरकारले टिकट खरिद गर्न नसक्नेहरुका लागि विश्वकप हेर्न छुट्टै व्यवस्था गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।
कतारले औद्योगिक क्षेत्रमा बस्ने आप्रवासी कामदारहरूका लागि तीन मुख्य स्थानमा ठूलो प्रोजेक्टर स्क्रिनसहित विश्वकप हेर्ने व्यवस्था मिलाउने कतारी अध्यागमन विभागलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।
आप्रवासी कामदारले औद्योगिक क्षेत्रमा स्थापना गरिएका ठूलाठूला स्क्रिनसहितका फ्यान जोनमा गएर विश्वकप हेर्ने व्यवस्थासमेत गरेको छ । उनीहरू ती क्षेत्रमा आप्रवासी कामदारलाई कुनै शुल्क नलाग्ने र हय्या कार्ड पनि नचाहिने बताइएको छ ।
कतिपय औद्योगिक क्षेत्रमा निःशुल्क रक्तचाप र मधुमेहको परीक्षण गर्ने व्यवस्था मिलाइएको छ भने फ्यान जोन जान तथा आवासमा फर्किन निःशुल्क बसको पनि व्यवस्था गरिएको कतार सरकारले जनाएको छ ।
नेपालीहरू धेरैजसो भेला हुने ग्रान्ड महलनजिकै रहेको एसियन टाउन क्रिकेट स्टेडियममा गएर विश्वकप हेर्न सकिने र त्यहाँ ठूलो स्क्रिन, सांस्कृतिक कार्यक्रम, फ्रि वाइफाइ, खेल प्रतियोगितालगायत खानाको स्टल राखिएको त्यहाँ रहेका नेपालीहरूले जानकारी दिएका छन् । महँगो अथवा टिकट काटेर हेर्ने नसक्ने विदेशी कामदारका हकमा प्रोजेक्टर स्क्रिनमा विश्वकप हेर्ने व्यवस्था गरिएको जनाइएको छ ।