मुख्य सामग्रीमा जानुहोस्
Friday, 16 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

काठमाडौं ७- समानुपातिकमा घण्टीको फराकिलो अग्रता, काठमाडौं ३ मा एमाले उम्मेदवारलाई पछ्याउँदै तोसिमा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीले अग्रता लिएको छ ।बिहान ९ बजेसम्मको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २२२ मतका साथ अग्रता लिँदा एमाले ८४ मतसहित दोस्रोमा छ ।

त्यस्तै राप्रपाले ७८ मत पाएर तेस्रो स्थानमा रहँदा नेकपा एसले ७१ मत पाएको छ भने कांग्रेस ५३ मतसहित पाँचौ स्थानमा छ ।सो क्षेत्रमा लौरोले ५१ मत पाएको छ भने नेमकिपाको मादलले ४० मत पाएको छ । माओवादी केन्द्रले २७ मत पाउँदा जसपाको २५ मत आएको छ । यो ७०९ मत गन्दाको परिणाम हो ।

एमाले उम्मेदवारलाई पछ्याउँदै तोसिमा

प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । अहिलेसम्म एमालेका उम्मेदवार अमृत खड्काले अग्रता कायम राखेका छन् ।१ हजार ३ सय मत गणना सकिँदा खड्काले ५१६ मत पाएका छन् ।

यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेवार डा. तोसिमा कार्की दोस्रो स्थानमा छिन्। उनले ४९८ मत ल्याएकी छिन्। सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले जम्मा २९७ भोट मात्र प्राप्त गरेकी छिन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।