कतार विश्वकप : आज हुँदै छन् तीन खेल, पहिलो खेल इंग्ल्याण्ड र इरानबीच हुने

कतार विश्वकप : आज हुँदै छन् तीन खेल, पहिलो खेल इंग्ल्याण्ड र इरानबीच हुने

५ मंसिर, काठमाडौं । कतारमा हिजोदेखि सुरु भएको फिफा विश्वकप अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुनेछन् । साँझ पौने ७ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह बी मा रहेका इंग्ल्याण्ड र इरानबीच हुनेछ । यो खेल कतारको राष्ट्रिय रंगशाला खालिफा रंगशालामा हुनेछ ।

राती पौने १० बजेदेखि सुरु हुने दोस्रो खेल समूह ए मा रहेका अफ्रिकी च्याम्पियन सेनेगल र नेदरल्याण्ड्सबीच हुनेछ । यो खेल अल थुमाना रंगशालामा हुनेछ । राती पौने १ बजेदेखि सुरु हुने दिनको अन्तिम खेल समूह बी मा रहेका अमेरिका र वेल्सबीच हुनेछ । यो खेल अहमद विन अली रंगशालामा हुनेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोलले हराउँदै सुखद सुरुवात गरेको थियो । इक्वेडरका लागि एन्टोनियो भ्यालेन्सियाले दुवै गोल गरेका थिए ।

Europass CV in Nepal

लय कायम राख्ने इङ्ल्यान्ड र इरानको होड
दोहा । विश्वकप फुटबल होस् वा युरोपियन च्याम्पियनसिप होस् इङल्यान्डको टोलीलाई सधै उपाधि दाबेदारको रुपमा लिइन्छ । तर इङलिस टोलीले भने अहिलेसम्म सो दाबेदारी प्रमाणित गर्न सकेको छैन ।

सन् २०२० मा घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनपसपको फाइनलमा प्रवेश गरे पनि इटालीलाई नतिजा सुम्पिएसँगै उपविजेतामा सीमित भएको इइङल्यान्ड यस पटकको विश्वकपमा आफ्नो दाबेदारीलाई प्रमाणित गर्न चाहन्छ ।

इङल्यान्डले सन् २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । इङल्यान्ड सो लयलाई थप एक कदम अघि बढाउँदै विश्वकपको उपाधिसम्म पुग्ने लक्ष्यमा रहेको छ ।गारेथ साउथगेटको टोलीले आज समूह ‘बी’ को पहिलो खेलमा एसियाली प्रतिद्धन्द्धी इरानको सामना गर्दैछ । समूह बी मा इङ्ल्यान्ड र इरानसँगै अमेरिका र वेल्स छन् ।

इरानविरुद्ध सहज जितसहित इङल्यान्ड समूह बी को विजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने लक्ष्यको सुखद सुरुआत गर्न चाहन्छ । इङल्यान्डको विश्वकप यात्रा कहाँसम्म पुग्छ भन्ने कप्तान ह्यारी केनको लयले धेरै हदसम्म निर्धारण गर्नेमा दुबिधा छैन ।

सन् २०१८ मा इङल्यान्डको यात्रा सेमिफाइनलमा क्रोएसियाले रोकिदिएको थियो ।युइएफए नेसन्स लिगमा खराब नतिजाका कारण घटुवामा परेको इङल्यान्डका लागि लयमा फर्कनु नै सबै भन्दा ठूलो चुनौती हो ।

इरान भने इङल्यान्डको खराब लयको फाइला उठाउने लक्ष्यमा रहेको छ । इरानका लागि रुस विश्वकपमा एक जित, एक हार र एक बराबरीको नतिजा ल्याए पनि नकआउट चरण प्रवेश गर्न लक्ष्यलाई पूर्णता दिन पर्याप्त भएको थिएन । त्यसैले इरान नकआउट चरण प्रवेशको लक्ष्य कतार विश्वकपमा पूरा गर्न चाहन्छ ।

इङल्यान्ड, अमेरिका र वेल्ससम्मेलित समूह इरानका लागि सहज समूह पक्कै होइन । तर रुस विश्वकपको समूह चरणमा स्पेनसँग निराश भएको इरानले पोर्चुगलसँग अंक बाँडेको थियो । पहिलो खेलमा मोरक्कोमाथि इरानले जित निकालेको थियो ।

इङल्यान्डविरुद्धको हारले इरानको समूह चरण पार गर्ने लक्ष्य पहिलो खेलबाटै कठिन बन्न सक्छ ।

इरान सोही लय यस पटक कायम रहोस् भन्ने लक्ष्यमा रहेको छ । सन् १९९८, २००६, २०१४ र २०१८ को विश्वकपमा प्रतिस्पर्धा गरे पनि अहिलेसम्म नकआउट चरणमा प्रवेश गर्न सकेको छैन ।