कांग्रेसले खोल्यो खाता : मुस्ताङमा २९ वर्षका योगेश विजयी, सम्भव त देशकै कान्छा संसद

कांग्रेसले खोल्यो खाता :  मुस्ताङमा २९ वर्षका योगेश विजयी, सम्भव त देशकै कान्छा संसद

मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्।यहाँ सात हजार दुई सय ३० मत खसेको थियो। योगेशले ३९९६ मतसहित जितेका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्।कांग्रेसले यहाँ जिल्ला सभापति रोमी गौचन थकालीलाई टिकट दिएको थियो। तर रोमीले आफूलाई पाएको टिकट छोरा योगेशलाई दिएका थिए।

मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्।उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्।नेविसंघको राजनीतिबाट योगेश पार्टी राजनीतिमा आएका थिए। उनी कांग्रेसमा महाधिवेशन प्रतिनिधि पनि छन्। रोमीले युवा पुस्तालाई राजनीतिमा अगाडि बढाउन आफूले चाहेको बताइरहेका थिए।

Europass CV in Nepal

सप्तरी-२ मा सीके राउत अगाडि, उपेन्द्र यादव तेस्रो स्थानमा

निकै चासोका साथ हेरिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त(सीके) राउतले ६२९ मत ल्याएका छन् ।त्यस्तै दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन् ।

एमालेसँग तालमेल गरेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने तेस्रो स्थानमा रहेका छन् । करिब १२०० मत गणना हुँदा उनले ५९ मत मात्र प्राप्त गरेका छन् । सप्तरी-२ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो।

झापा ५ मा भर्खर गणना सुरु

एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा क्षेत्र नं. ५ मा मतगणना सुरु भएको छ । सर्वदलीय निर्णयअनुसार सोमबार बिहान साढे ११ बजेबाट मतगणना सुरु भएको हो ।मतगणना दमक नगरपालिका कार्यालय परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सुरु भएको हो ।

६१ वटा मतदानस्थलका एक सय ७६ वटा मतदान केन्द्रबाट मतपेटिका संकलन र सर्वदलीय बैठक सोमबार बिहान मात्र सकिएको थियो । पहिलो चरणमा छ वटा मतदान केन्द्रको मत पेटिका खोलेर गणना गर्ने काम सुरू भएको हाे ।

एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ६६ दशमलव २० प्रतिशत अर्थात् एक लाख दुई हजार एक सय ५० मत खसेको थियो । एमालेबाट अध्यक्ष ओली तथा सत्ता गठबन्धनबाट कांग्रेसका डा.खगेन्द्र पाण्डव अधिकारी उम्मेदवार छन् ।