मुख्य सामग्रीमा जानुहोस्
Sunday, 13 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

भक्तपुर २ मा महेश बस्नेत ८ सय मतले पछि परे

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता बढाएका छन्। उनले ४ हजार २ सय मत ल्याएका छन् भने एमालेका उम्मेदवार महेश बस्नेतले ३ हजार ४ सय मत ल्याएका छन् । थापा बस्नेतभन्दा ८ सय मतले अगाडि छन् ।

काठमाडौं ८ मा लौरो र घण्टीको प्रतिस्पर्धा, एमाले र गठबन्धन पछि परे

काठमाडौं ८ को मतगणना जारी छ । अहिलेसम्मको गणनामा ठूला दलहरुलाई पछि पार्दै नयाँ दलहरु मुख्य प्रतिस्पर्धामा रहेका छन् ।प्राप्त परिणामअनुसार २ हजार मतको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६०७ मतसहित अग्र स्थानमा छन् । उनलाई लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमीले ५९१ मतका साथ पछ्याएका छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ चौंथो स्थानमा छन् । उनीहरुको मत क्रमशः ३०४ र २१३ रहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ भोट ल्याएको छ ।

काठमाडौं-१ मा प्रकाशमानको अग्रता, पछ्याउँदै रवीन्द्र

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को पहिलो चरणको मतगणना सार्वजनिक भएको छ। पहिलो चरणको मतगणना अनुसार अहिले उक्त क्षेत्रमा प्रकाशमान श्रेष्ठले अग्रता कायम गरेका छन्।हालसम्म ३२८७ मत गणना भएकोमा प्रकाशमानले ८१८ मत प्राप्त गरेका हुन्। साथै रवीन्द्र मिश्र ( हलो )ले ७३६ मत प्राप्त गरेका छन्।

एमालेका किरण पौडेल( सूर्य )ले ४९६ मत ल्याएर हाल तेस्रो भएका छन्।त्यस्तै उक्त श्रेत्रमा नेपाल सुशासन पार्टीका रमेश खरेल ( आमा)ले ३५७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम(घण्टी)ले ५२६ मत ल्याएका छन्।मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार ९ बजेदेखि मतगणना सुरु भएको हो।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको छ। प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं-१ मा ३१ जनाको उम्मेदवारी परेको छ। जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन्। ३५ वर्षीय सामाजिक अभियन्ता पुकार बमदेखि पूर्वप्रहरी नायव महानिरीक्षक(डीआइजी) रमेश खरेलसम्मले काठमाडौं क्षेत्र नम्बर-१बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

२०७४ सालको निर्वाचनमा ४२ हजार ४३० मतदाता रहेकोमा यो निर्वाचनमा २ हजार ५८८ मतदाता थपिएको आयोगको तथ्यांकमा उल्लेख छ। निर्वाचन आयोगको तथ्याकं हेर्दा अधिकांश २० देखि ४० वर्ष उमेर समुहका मतदाता यो निर्वाचन क्षेत्रमा थपिएका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।