मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

चितवन- २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

Himali Patrika 1 मिनेट पढाइ

५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ। त्यहाँ ३०० मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ९७ मत पाएका छन्। तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत पाएका छन्।

मतगणना जारी छ।

यता चितवन क्षेत्र नम्बर १ मा पूर्व अर्थमन्त्री र अर्थशास्त्रीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार हरि ढकालले प्रारम्भिक मतपरिणाम अनुसार अग्रता लिएका हुन् । ढकालले ३४ मत ल्याएका छन् ।लोकतान्त्रिक वाम गठबन्धका तर्फबाट उम्मेदवार बनेका अर्थशास्त्री विश्व पौडेलले ३३ र नेकपा एमालेका सुरेन्द्र पाण्डेले २७ मत प्राप्त गरेका छन् ।

धादिङ १ मा एमालेलाई अग्रता, हिमेश पन्त पनि तेस्राे स्थानमा

धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएकाे छ । ताजा मत परिणामअनुसार एमालेका भूमि त्रिपाठी ९१ मतसहित अग्र स्थानमा हुनुहुन्छ । त्रिपाठीलाई नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले ९० मतसहित पछ्याइ रहनुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १५ मत प्राप्त गर्नुभएकाे छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।