चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ३६४ मतसहित पहिलो नम्बरमा छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले २३६ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन्।यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका पोखरेल नै निर्वाचित भएका थिए।
काठमाडौंमा घन्टी अगाडी
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीले दोब्बरको अग्रता कायम गरेको छ । ताजा मतपरिणाम अनुसार रास्वपा की उम्मेदवार सोविता गौतम १२४ मतका साथ अग्रस्थानमा छिन् । उनलाई पछ्याइरहेका छन् नेकपा एमालेका मणिराम फुयालले । फुयाँलले ८४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले ६४ मत ल्याउँदा सत्ता गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तिले पाएको मत ५९ छ ।घण्टी चुनाव चिह्नकी गौतम पाएको मत हलो र हँसिया हथौडाले ल्याएको मतको योगफल भन्दा बढी छ । क्षेत्र नम्बर २ को मतगणना कागेश्वरी मनोहरस्थित राधाकृष्ण मन्दिरमा भइरहेको छ ।
डा. तोसिमा कार्कीले अग्रता
ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छिन् । एमालेका अमृत खड्को अग्रता तोड्दै डा. तोसिमा कार्कीले अग्रता बनाएकी हुन् । ४ हजार ९०५ मतको गणना सकिँदा तोसिमाले १ हजार ४८२ ल्याएर अग्रता लिएकी छन् । उनलाई एमालेका खड्काले १ हजार ४४८ ल्याएर पछ्याइरहेका छन्। माओवादीकी पम्फा भुसाल ९८८ मत ल्याएर निकै पछि परेकी छिन् ।