५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् ।
नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिएका थिए । माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा छिन् । यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।
ललितपुर १ मा एमालेका सिलवाल कांग्रेसका जबराभन्दा १२ सय ६१ मतले अगाडि
प्रतिनिधि सभा सदस्यतर्फ ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता बनाउनुभएको छ । ५ हजार ५९७ मत गन्दा उहाँ २९ सय ४१ मतसहित अगाडि हुनुहुन्छ ।
उहाँ नेपाली कांग्रेसका उदयशमशेर बजराभन्दा १२ सय ६१ मतले अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका उदयशमशेर बजराले १६ सय ८० मतसहित सिलवालाई पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिनकुमार घिमिरेले ४३५ मत पाउनुभएको छ ।