कार्यशैलीमा परिवर्तन गर्ने प्रतिबद्धता जनाएकाले देउवालाई समर्थन गरेँ : प्रकाशमान सिंह

कार्यशैलीमा परिवर्तन गर्ने प्रतिबद्धता जनाएकाले देउवालाई समर्थन गरेँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवाले आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने प्रतिबद्धता जनाएकाले दोस्रो चरणको मतनामा समर्थन गर्न लागेको बताएका छन्। पार्टीलाई व्यवस्थित गर्ने, विधान संशोधन गर्ने र आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने प्रतिबद्धता गरेका कारण समर्थन गरेको नेता सिंहको भनाइ छ।

आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पार्टी बनाउन देउवाले सबैसँग सल्लाह गरेर मात्रै अघि बढ्ने प्रतिबद्धता गरेको सिंहले बताए। नेता सिंहले आफूलाई सहयोग गर्ने सबैलाई देउवाको पक्षमा मत दिन आग्रह गरेका छन्।

‘तपाईंले उठाउँदै आउनुभएको जुन मुद्दाहरु छन्, यो पार्टीलाई व्यवस्थित गर्ने, पार्टीमा सुधार ल्याउने, पार्टीको विधानमा जहाँजहाँ, पार्टीलाई सुचारु रूपमा सञ्चालन गर्न अप्ठ्यारा परेका छन्। यो विधानलाई संशोधन पनि गर्न सक्ने त्यसमा सबैमा मेरो साथ हुन्छ भन्नुभयो’, उनले भने। आफूले विश्वप्रकाश शर्मासँग पनि मैले सल्लाह गरेको बताए।

Europass CV in Nepal

निःशर्त समर्थन

कांग्रेस नेता प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको बताएका छन् । उनले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गरेर सभापति पदको दोस्रो चरणको निर्वाचनमा देउवालाई निःशर्त समर्थन गरेको बताएका हुन् ।

निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले समाचारहरू आएको भन्दै सिंहले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सिंहले भनेका छन् ‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ । कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु ।’

Europass CV in Nepal