मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

माओवादीकी पम्फा भुसाल भन्दा डा. तोसिमा कार्की दोब्बर मतले अगाडि

Himali Patrika 1 मिनेट पढाइ

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले गठबन्धनबाट चुनाव लडिरहेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन्।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याकअनुसार कार्कीले ३८९६ मत ल्याएर अग्रता लिएकी छन्। उनलाई नेकपा एमालेका अमृत खड्काले २९५९ मतसहित पछ्याइरहेका छन्। कार्की र खड्काबीच ९३७ मतको अन्तर छ। यहाँ गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन्। उनले १७९६ मत पाएकी छन्।

गगन र राजनबीच साढे ५ हजारको मतान्तर

काठमाडौं क्षेत्र नम्बर ४का उम्मेदवार गगन थापाले मतान्तर फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले १७ हजार ५१६ मत पाइसकेका छन्। यता नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ११ हजार ९४८ मत पाएका छन्। अहिलेसम्म काठमाडौंको वडा १, ७ र बुढानिलकण्ठको वडा १,२, ८,९, १०, ११, १२, १३ को मत गणना भएको हो। यति मत गणना हुँदा उनीहरूबीचको मत अन्तर ५५६८ छ।

ललितपुर–१ मा उदयले नवराजलाई पछि पारे

लतिलपुर–१ मा उदय शंशेर राणाले अग्रता लिएका छन् । राणाले नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै अग्रता लिएका हुन् । पछिल्लो परिणाम अनुसार, राणाले ८ हजार ५ सय ९७ मत ल्याएका छन् । सिलवालले ८ हजार ४ सय ३१ मत ल्याएका छन् । सिलवालले २०७४ को निर्वाचनमा राणालाई हराएका थिए । अहिले मतगणना जारी रहेको छ।

गाेकर्ण विष्ट रामकुमारी झाँक्रीभन्दा २ हजार १६२ मतले अगाडि
गुल्मी क्षेत्र नं २ प्रतिनिधि सभामा नेकपा एमालेका गाेकर्ण विष्टले अग्रता बनाइरहनु भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले उहाँलाई पछ्याउँदै हुनुहुन्छ । विष्टले ७ हजार ७५६ मत पाउनु भएकाे छ भने झाँक्रीले ५ हजार ५९१ मत पाउनु भएकाे छ । विष्ट झाँक्रीभन्दा २ हजार १६२ मतले अगाडि हुनुहुन्छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।