चितवनमा बल्ल दोस्रो स्थानमा उक्लिए रवि लामिछाने

चितवनमा बल्ल दोस्रो स्थानमा उक्लिए रवि लामिछाने

चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन्।मतगणना सुरू भएदेखि लगातार तेस्रो स्थानमा रहँदै आएका लामिछाने नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन्।

अहिलेसम्म ७०४१ मत गन्दा रवि लामिछानेले २२२७ मत ल्याएका छन् भने उमेश श्रेष्ठको मत २०३६ मत छ। यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले २३३१ मत ल्याएका छन्।

चितवन-१ मा पनि कांग्रेसलाई पछि पार्दै घन्टीले लियो  अग्रता

Europass CV in Nepal

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेसका विश्व पौडेललाई १२ सयभन्दा बढी मतले पछि पारेका छन्। पछिल्लो परिणामअनुसार घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ५०९८ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका विश्व पौडेलले ३८८४ मत ल्याएका छन्। उनीहरूबीच १२१४ मतको अन्तर छ। यहाँ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले ३८८० मत ल्याएका छन्।

तर, झापा ४ मा घन्टी पछि पर्यो 

झापा क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका एलपी साँवा लिम्बुले अग्रता लिएका छन् ।हालसम्म १२ हजार ४०८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाललाई ३७ मतले पछि पार्दै एमालेका लिम्बुले ४ हजार २०७ मत ल्याएर अग्रता लिएका छन् ।

ढकालले ४ हजार १७० मतसहित दोस्रो स्थानमा झरे । त्यस्तै, नेपाली कांग्रेसका देउमान थेबेले २ हजार ४६७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले २२१ मत निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।