चितवन २ रवि लामिछानेले लिए अग्रता, दोस्रोमा कांग्रेस

चितवन २ रवि लामिछानेले लिए अग्रता, दोस्रोमा कांग्रेस

ललितपुर । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ५ हजार ९८ मत पाएका छन् ।

दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले  ३ हजार ८ सय ८४ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८  सय ८०  मत पाएका छन् ।यस्तै चितवन–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम राखेका छन् ।

६ हजार ६९ मत गणना हुँदा ढकालले २ हजार ४०७ मत पाएका छन् भने नेपाली कांग्रेसका विश्व पौडेलले २ हजार ८१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले १ हजार ७४४ मत पाएका छन् ।

Europass CV in Nepal

२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमालेका पाण्डे निर्वाचित भएका थिए । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् ।चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले १६९६ मत पाएका छन् । माओवादीका पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् । उनले ३ हजार ८९६ मत पाएकी छिन् । एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।

काठमाडौं ८ मा घण्टी अगाडि, पछ्याउँदै लौरो

काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।

श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २०९० र राप्रपाका प्रकाश रिमालले १३८२ मत पाएका छन् ।