६ मंसिर, डडेलधुरा । डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् ।
प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ र ढकालले ५ हजार १९३ मत पाएका छन् । देउवा र ढकालबीचको मत अन्तर ४ हजार ५८० छ । नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।
घण्टी चिह्नबाट पछि परे बिनोद चौधरी
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिनुभएको छ । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गर्नुभएको छ भने चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गर्नुभएको छ ।
यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गर्नुभएको छ । घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा एक सय २९ मतले अगाडि हुनुहुन्छ भने त्रिपाठीभन्दा एक हजार दुई सय ८६ मतले अगाडि हुनुहुन्छ ।