मुख्य सामग्रीमा जानुहोस्
Sunday, 13 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

चुनाव हारेपछि रमेश खरेलले भने, ‘रवि लामिछानेले भद्र सहमति तोडे, इमान्दारिता देखाएनन्’

Himali Patrika 1 मिनेट पढाइ

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिाछानेले इमान्दारिता नदेखाएको आरोप लगाएका छन् । निर्वाचनको एक महिनाअघि उपत्यकाका ४५ ठाउँमा एकसाथ उम्मेदवार सार्वजनिक गर्ने र दुवै पार्टीबाट एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भएपनि त्यसलाई लामिछानेले पालना नगरेको बताए ।

‘काठमाडौं १ मा उहाँले घन्टीबाट उम्मेदवारी नदिने सहमति गर्नुभएको थियो, यद्यपि यो लिखित थिएन’, खरेलले अनलाइनखबरसँग भने, ‘पछि एक्कासी उहाँले पुकार बमलाई उम्मेदवार बनाएर पठाउनुभयो ।’

उनले भद्र सहमति हुँदा काठमाडौं–८ का उम्मेदवार विराजभक्त श्रेष्ठ र काठमाडौं–५ का उम्मेदवार डा. प्रणयशमशेर राणा पनि साथमै भएको बताए । ‘त्यतिबेला सबै ठाउँमा कसलाई कुन ठाउँबाट उठाउने भन्ने पनि लगभग टुंगो लागिसकेको थियो’, खरेलले थपे, ‘तर, अन्तिममा उहाँहरुले काठमाडौं–१ मा पनि उम्मेदवारी दिनुभयो । सम्पर्कमा आउनुभएन, यो इमान्दारिता होइन ।’

विकल्प बताउनेहरु विभाजित हुँदा काठमाडौं–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले जित निकालेका छन् । उनले ७ हजार १४३ मत ल्याउँदा निकटम प्रतिद्वन्द्व रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, नेकपा एमालेका किरण पौडेलले ३ हजार ५३२ र नेपाल सुशासन पार्टीका खरेलले ३ हजार १२४ मत ल्याए । अनलाइनखबरसँग कुरा गर्दै खरेलले सोचे अनुसार मत नआएपनि व्यक्तिगतरुपमा खुशी भएको बताए । ‘सिपाही उभिँदा त्यति भोट आउनुले पनि खुशी छु’, उनले भने । उनले चुनावको तीन/चार महिना अघिदेखि वैकल्पिक शक्तिहरु एकठाउँमा हुनुपर्छ भनेर प्रयास गर्दै आएपनि सफल नभएको बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।