मधेश सरकारका अर्थमन्त्रीलाई हराउँदै जनमतको दोस्रो जित, मधेशभर समानुपातिकतर्फ पहिलो

मधेश सरकारका अर्थमन्त्रीलाई हराउँदै जनमतको दोस्रो जित, मधेशभर समानुपातिकतर्फ पहिलो

जनतम पार्टीका उम्मेदवारले मधेश सरकारका अर्थमन्त्रीलाई हराउँदै दोस्रो उम्मेदवार निर्वाचित भएका छन् ।जनमत पार्टीका सतिश कुमार सिंह सप्तरी २ को ‘क’ बाट निर्वाचित भएका छन् ।सिंहले ८ हजार ४४२ मतको अन्तरले निर्वाचित भएका हुन् । उनले जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् ।सिंह १६ हजार ७३४ मत ल्याएका हुन् । भने साहले ८ हजार २९२ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।

मधेशभर समानुपातिकतर्फ पहिलो

मधेश प्रदेशमा समानुपातिकतर्फ जनमत पार्टी पहिलो स्थानमा पुगेको छ ।निर्वाचन आयोगद्वारा मंगलबार ११स्१५ मा अद्यावधिक विवरण अनुसार जनमत पार्टीले २ हजार ६४४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस २ हजार २२८ मतसहित दोस्रो स्थानमा छ । नेकपा एमालेले २ हजार २०० मत ल्याउँदा नेकपा माओवादी केन्द्रले १ हजार २३८ मत प्राप्त गरेको छ । पाँचौं स्थानमा पुगेको जनता समाजवादी पार्टीले १ हजार ८३ मत प्राप्त गरेको छ ।

Europass CV in Nepal

सप्तरी २ को दुवै प्रदेशसभामा जनमत विजयी
सप्तरी २ को दुईवटै प्रदेशसभातर्फ जनमत पार्टीका उम्मेदवारले आफ्नो जीत सुनिश्चित गर्दै जनमत पार्टीले सप्तरीबाट आफ्नो खाता खोलेका छन् । क्षेत्र नम्बर २ को दुवै प्रदेशसभामा जनमतका सतिष कुमार सिंहले १३ हजार आठ सय छ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी र एमाले तालमेलमा चुनाव लडेका शैलेन्द्रप्रसाद साहले छ हजार चार सय १८ मत ल्याउनु भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

सप्तरी २ को (ख) तर्फ जनमतकै महेश प्रसाद यादवले १३ हजार तीन सय २३ मत ल्याएर विजय प्राप्त गरेका हुन् ।उहाँको प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धन दलमा रहेको नेकपा माओवादीका उमेश कुमार यादवले सात हजार २३ मत प्राप्त गर्नुभएको छ