मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

साउदीविरुद्ध मेसीको गोल : पहिलो हाफमा अर्जेन्टिनालाई १-० को अग्रता

Himali Patrika 1 मिनेट पढाइ

दोहा: कतारमा जारी विश्वकपको समूह ‘सी’अन्तर्गत मंगलबार जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले साउदी अरबविरुद्ध १-० को अग्रता लिएको छ।आठौं मिनेटमा लियान्ड्रो पेरेडेसमाथि साउदीका खेलाडीले १८ यार्ड बक्समा फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टीबाट अग्रता लिने मौका पाएको थियो। सोही पेनाल्टीको सदुपयोग गर्दै कप्तान लियोनेल मेसीले अग्रता दिलाएका हुन्।

साउदीविरुद्ध १०औं मिनेटमा गोल गरेका मेसी अर्जेन्टिनाबाट विश्वकपमा गोल गर्ने दोस्रो पाको खेलाडी बनेका छन्।सबैभन्दा पाका खेलाडी मार्टिन पालेर्मो हुन्। उनले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा ग्रीसविरुद्ध ३६ वर्ष र दुई सय २७ दिनमा गोल गरेका थिए।

मेसीले आज ३५ वर्ष र एक सय ५१ दिनमा गोल गरेका हुन्। मेसीले २२औं मिनेटमा गरेको गोल अफसाइडका कारण रद्द भएको थियो।एसियाली मुलुकमाथि निरन्तर आक्रमणका मौका बनाएको अर्जेन्टिनाका लागि २८औं मिनेटमा लौटारो मार्टिनेजले गरेको गोल पनि अफसाइडकै कारण रद्द भयो।दक्षिण अमेरिकी महारथीविरुद्ध संघर्षरत साउदीले भने फ्रेममा कुनै प्रहार गर्न सकेन।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।