काठमाडौं । अभिनेत्री रेखा थापा र कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । रेखा राप्रपाको तर्फबाट मोरङ-३ र हिमेश राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु हुन् ।
आज (बुधबार) बिहानसम्मको मतगणनामा यी दुबै उम्मेदवार तेस्रो स्थानमा पछ्याइरहेका छन् । यी दुबैभन्दा अघि सत्ता गठबन्धन र एमाले उम्मेदवारले अग्रता लिइरहेका छन् । मोरङ-३ को मतगणनामा तेस्रो स्थानमा रहेकी रेखाको मत १ हजार ८७७ (बिहान ७ बजेसम्म) रहेको छ । कांग्रेसका सुनिलकुमार शर्मा ८००५ मतसहित अग्रस्थानमा छन् ।
धादिङ-१ मा हिमेश पन्त तेस्रो स्थानमा छन् र बिहान सात बजेसम्म उनको मत ४४४३ छ । अग्रस्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको मत १३ हजार ६०८ छ । तुलनात्मकरुपमा राम्रो मत ल्याउन अभिनेत्री तथा राप्रपा उम्मेदवार थापालाई मुस्किल परिरहेको देखिन्छ । चुनावपूर्व सामाजिक संजालमा रेखाको चर्चा निकै थियो ।
माओवादी केन्द्रका रहवर अन्सारी पर्साबाट प्रदेशसभामा विजयी
पर्सा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए ।