साढे २८ हजार भारी मतान्तरले केपी ओली विजयी

साढे २८ हजार भारी मतान्तरले केपी ओली विजयी

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन्। ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी पराजित भए। अधिकारीले जम्मा २३ हजार ७ सय ४३ मत ल्याएका छन्।

ओलीले २८ हजार सात सय ४३ मतान्तरले चुनाव जितेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याएका छन्। ओली २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

अछाम २ बाट कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित
अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह निर्वाचित भएका छन् ।शाह २३ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटी १६ हजार ३४ मत प्राप्त गरेका छन् । ७ हजार २० मतान्तरले शाह विजयी भएका छन्।

Europass CV in Nepal

शाहले २०७४ मा भएको निर्वाचनको हारको बदला लिएका छन् । २०७४ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा बोगटी २१ हजार ९६५ मत प्राप्त गरेर विजयी भएका थिए । शाहले १९ हजार १०६ मत ल्याएर पराजित भएका थिए ।२०७४ मा २ हजार ८५९ मतान्तरले पराजित भएका शाह यस पटक ७ हजार २० मतान्तरले विजयी भएका छन् ।

रोल्पामा कांग्रेस प्रदेश सभापति पराजित, माओवादीका बागी पुन विजयी

रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरे ।नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे ।

माओवादी सशस्त्र द्वन्द्वमा सुरुदेखि नै आवद्ध भएका दीपेन्द्र घाइते समेत हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा रोल्पा प्रदेशसभा १ नेपाली कांग्रेसलाई दिएपछि उनले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।