बंगलाचुली गाउँपालिकाले लगायो सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खननमा रोक

बंगलाचुली गाउँपालिकाले लगायो सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खननमा रोक

दाङ । दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगको चुनढुङ्गा  उत्खनन कार्यमा रोक लगाएको छ । गाउँपालिकाको कार्यालय कमिरेचौरमा बुधबार बसेको सर्वपक्षिय बैठकबाट घोराही सिमेन्ट उद्योग,सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् र ढुवानी कार्य पौष एक गते देखि लागुहुनेगरी स्थगन गराउने निर्णय गरेको हो ।

सिमेन्ट उद्योगहरुले नागरिकको स्वच्छ वातावरणमा वाँच्न पाउने अधिकारमाथी वारम्बार वेवास्ता गरेको , खानी प्रभावीत क्षेत्रका नागरिक , बंगलाचुली गाउँपालिका र सिङ्गो जिल्ला प्रशासन कार्यालय समक्ष विभिन्न मिति र समयमा गरेका निर्णयहरु कार्वान्वयन नगरेको भन्दै चुनढुङ्गा उत्खनन् र ढुवानी कार्य स्थगन गराएको हो ।

बैठकले उद्योगले विभिन्न समयमा गरेका सम्झौता र निर्णयको कार्वान्वयन गरी वातावरण प्रदुषण न्युनिकरण गर्ने वातावरण तयार नपार्दा सम्म उत्खनन् र ढुवानी कार्य स्थगन गराएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो ।

Europass CV in Nepal

नागरिक स्थरबाट पटक – पटक सिमेन्ट उद्योगले उत्पन्न गरेको समस्या समाधानका लागि आवाज उठेपनि विभिन्न चरणमा हुने बैठकको निर्णय र सहमती अनुसार उद्योगका उत्खनन् कार्य जारी राख्न दिने तर उद्योगले गरेको सम्झौता कार्यान्वयन नगर्दा गाउँपालिकाले उत्खनन् स्थगन गर्नु परेको गाउँपालिका अध्यक्ष वलीले बताउनु भयो ।

बंगलाचुली गाउँपालिकाले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हक र वातावरण संरक्षण ऐन २०७६ को दफा १३ बमोजिम चुनढुङ्गा उत्खनन् र ढुवानी कार्य स्थगन गराउने निर्ण गरेको हो ।

यस क्षेत्रमा रहेका उद्योगहरु नागरिकमैत्री नुहुदाँ ,कानुनको पालना नगर्दा, हिजोका दिनमा प्रशासन,स्थानिय सरकार,नागरिक समाज,उद्योग प्रभावित वस्तिका नागरिकको विचमा गरेका निर्णय र सहमति कार्यान्वयन नगर्दा स्थानिय सरकारले बाध्य भएर नागरिको जिउज्यानको रक्षा,वातावरणको रक्षाका लागि यस्तो निर्णय गरीएको अध्यक्ष वलीले बताउनु भयो ।

बंगलाचुली गाउँपालिकामा रहेका सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् क्षेत्रबाट उद्योग सम्म चुनढुङ्गा ढुवानी गर्ने सयौँ टिप्परहरुका कारण कालोपत्रे गरेको सडक एक महिनामै तहस नहस पारी सकेको छ । अहिले घोराही मुर्कुटी प्युठान सडकमा गरेको कालोपत्रे तहस नहस भएर धुलोपिठो भएको छ भने कालोपत्रेको नामनिसानै मेटीएको छ ।

अहिले सडकमा पैदल तथा सवारी साधनमा सहज यात्रा गर्न सकिँदैन । सडक आसपासका विद्यालय, वस्तीका हजारौँ नागरिकलाई निकै सास्ति भएको छ । पशुचौपायाले खाने घाँस,सडक आसपासमा रहेका वस्तिका जमिनमा लगाएको सागपात,सुकाएको कपडामा टिप्परले उडाएको धुलोले गर्दा खान र कपडा लगाउन सकिँदैन । भने वरपरको वातावरण अत्यन्तै प्रदुषीत हुनुका साथै सयौँ टिप्परहरु चल्दा ध्वनी प्रदुषणले गर्दा नागरिक स्वास्थयमा गम्भिर असर परेको छ । बैठकमा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, सिमेन्ट उद्योगका प्रमुख तथा प्रतिनिधि,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि र उद्योग प्रभावित स्थानियको सहभागिता रहेको थियो ।

Europass CV in Nepal