एमालेलाई अर्को झट्का : अर्का हेवीवेट नेता शंकर पोखरेल दाङबाट पराजित

एमालेलाई अर्को झट्का : अर्का हेवीवेट नेता शंकर पोखरेल दाङबाट पराजित

एमाले महासचिव शंकर पोखरेल पराजित भएका छन्। दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्।

यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ। निर्वाचन अधिकृतले अन्तिममा जोड घटाउ गर्दा दुई चार मत तलमाथि हुनसक्ने सेतोपाटीलाई बताए।

Europass CV in Nepal

एमालेका महासचिव पोखरेल लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री हुन्।

२०७० को निर्वाचनमा दाङबाट हारेका उनले २०७४ को निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट प्रदेश सांसद जितेका थिए।

उनी २०६४ मा समानुपातिकबाट सांसद बनेका थिए। २०५१ मा पहिलो पटक सांसद बनेका पोखरेलले २०५६ मा भने निर्वाचन हारेका थिए।

Europass CV in Nepal