रोनाल्डोका कृतिमान : विश्वकपमा गोल गर्ने दोस्रो बुढो खेलाडी, ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

रोनाल्डोका कृतिमान : विश्वकपमा गोल गर्ने दोस्रो बुढो खेलाडी, ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

क्रिस्टियानो रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो बुढो खेलाडी बनेका छन् । ३७ वर्ष २९२ दिनको उमेरमा घानाविरुद्ध पेनाल्टीबाट गोल गर्दै रोनाल्डोले यो रेकर्ड बनाएका हुन् । सबैभन्दा धेरै उमेरमा गोल गर्ने कीर्तिमान क्यामरुनका रोजर मिलरको नाममा छ । मिलरले सन् १९९४ मा ४२ वर्ष ३० दिनको उमेरमा गोल गरेका थिए । रोनाल्डो विश्वकपमा गोल गर्ने युरोपबाट भने सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।

त्यस्तै, रोनाल्डो विश्वकपमा कुनै पनि देशका लागि सबैभन्दा कम उमेर र सबैभन्दा बुढो उमेरमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यो रेकर्ड क्रोएसियाका इभिका ओलिच र डेनमार्कमा माइकल लाउड्रुपको नाममा छ ।

५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

Europass CV in Nepal

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।कतारमा जारी फिफा विश्वकप अन्तर्गत अहिले भइरहेको घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले दोस्रो हाफमा पेनाल्टी गोल गर्दै घानाविरुद्ध पोर्गुललाई अग्रता दिलाएका छन् । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका रोनाल्डोले त्यसयता हरेक विश्वकप खेल्दै गोल समेत गरेका छन् । उनले २००६, २०१० र २०१४ को विश्वकपमा १-१ गोल गरेका थिए भने २०१८ को विश्वकपमा ४ गोल गरेका थिए । विश्वकपमा रोनाल्डोको कूल गोलसंख्या ८ पुगेको छ ।