यस पटक भएको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीका उम्मेदवार ई. विशाल अधिकारीले ठुला दलका ठुला नेताहरुलाई कडै चुनौती दिएका छन्। बाम लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार रेखा शर्मा र एमालेका उम्मेदवार शंकर पोखरेलले सुरुमा सामान्य रुपमा लिएका बिशाल अधिकारीले कसैले नसोचेको मत ल्याएका छन्।
दाङ-२ मा माओवादकी रेखा शर्माले २६ हजार ८७७ मत र शंकर पोखरेलले २६ हजार ६८५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १५ हजार ८ सय मत ल्याए । ठुला दलका अधिकांस नेता कार्यक्रतालाई बिशाल अधिकारीले २ हजार मत नकाताउने आंकलन गरेका थिए तर सबै फेल भएका छन्।
शंकर पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएपछी बिशाल धिकरिले आफ्नो ३० प्रतिशत मत काटेको मत काटेको एमालेका नेताहरुले टिप्पणी गर्न थालेका छन्। एमालेका अनुसार बिशाल अधिकारी आफु जितेनन् तर एमालेको केही मत काटेर शंकर पोखरेललाई हराउन मुख्य भूमिका खेले।
यता दाङ ३ मा पनि कांग्रेसका दीपक गिरीले ३६ हजार ८४२ मत पाउँदा घण्टीका कयल सुवेदीले १५ हजार ३०० मत ल्याए । घण्टीले ल्याएको अनपेक्षीत मतलाई निर्णायक रुपमा हेरिएको छ ।
देशभर बढेको घण्टीको प्रभाव दाङका तीनवटै निर्वाचन क्षेत्रमा पनि परेको छ । तीनवटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पपुलर मत ल्याएको छ । यसले दुवै ठूला दलका भारी मत काटेको छ । जुन् चुनावी जित÷हारका लागि निर्णाय समेत बन्यो ।
तीनवटै क्षेत्रमा कुल खसेको मत मध्ये घण्टीले एक चौथाई मत ल्याएको छ । दाङ–१ मा नेकपा एसका मेटमणी चौधरीले २६ हजार ५ सय ६३ मत ल्याएर विजयी हुँदा घण्टी चुनाव चिन्हका उम्मेदवार देवराज पाठकले १३ हजार ७९४ मत पाए ।
दाङ-२ मा माओवादकी रेखा शर्माले २६ हजार ८७७ मत ल्याउँदा रास्वपाका विशाल अधिकारीले १५ हजार ८ सय मत ल्याए । दाङ-३ मा कांग्रेसका दीपक गिरीले ३६ हजार ८४२ मत पाउँदा घण्टीका कयल सुवेदीले १५ हजार ३०० मत ल्याए । घण्टीले ल्याएको अनपेक्षीत मतलाई निर्णायक रुपमा हेरिएको छ ।
सुरुमा राजनीतिक बृत्तमा स्वतन्त्र पार्टीका उम्मेदवारले एमालेको नभएर गठबन्धनको मत काट्ने अनुमान गरिएको थियो । तर घण्टीका उम्मेदवारले पाएको मत परिणाम हेर्दा एमाले र गठबन्धनका दुवैका मत हाराहारीमा काटेको देखिन्छ । चुनावी अंकगणित अनुसार गठबन्धन भन्दा पछाडी रहेको एमालेलाई घण्टीले मत कटेपछि जित निकाल्न सकस परेको चुनावी विश्लेषण छ ।
तर चुनाव अघि भने एमालेले स्वतन्त्र पार्टीका उम्मेदवारले गठबन्धनको मत काट्ने र आफूहरुलाई जित निकाल्न सहज हुने अनुमान गरेको थियो । कांग्रेसको गुटबन्दी तथा माओवादीलाई भोट हाल्न नरुचाउनेले विकल्पका रुपमा घण्टीलाई भोट हाल्ने एमालेको अनुमान थियो । तर घण्टीले पनि एमालेको उतिकै मत काटेको निश्कर्ष एमाले दाङको छ । यता, बिना कुनै संगठन पपुलर मत पाएको घण्टी जिल्लामा तेस्रो शक्तिका रुपमा उभिएको छ ।