मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भारतले अनुमति नदिएपछि रोकियो नेपाल एयरलाइन्सले भैरहवा उडान

Himali Patrika 1 मिनेट पढाइ

आगामी सोमबारबाट दिल्ली-भैरहवा उडानको तयारी गरेको नेपाल एयरलाइन्सले यो योजना रोकेको छ।उडान अनुमतिका लागि मागेको प्रस्तावमा भारतको नियामक निकायले हालसम्म कुनै पनि जवाफ नदिएपछि भैरहवामा एयरलाइन्सको उडान नहुने भएको हो।

नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-भैरहवा हुँदै काठमाडौं उडानको लागि करिब एक साताअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान स्वीकृतिका लागि प्रस्ताव पठाएको थियो।

यो प्रस्तावसँगै प्राधिकरणले भारतको उड्डयन प्राधिकरणलाई स्वीकृतिका लागि अनुरोध गरेको थियो। तर भारतले उडानका लागि स्वीकृति नदिएपछि यो रुटमा उडान अन्योलमा परेको हो।

‘निगमले करिब एक साता अघि भारतसँग काठमाडौं-दिल्ली-भैरहवा-काठमाडौं उडानका लागि अनुमति मागेको थियो,’ निगमका एक कर्मचारीले भने,‘तर अहिलेसम्म त्यसको जवाफ नआएपछि तत्काल भैरहवामा उडान नहुने भएको छ।’

यसअघि निगमले मंसिर १२ गते (सोमबार)देखि काठमाडौंबाट दिल्लीहुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने योजना बनाएको थियो। ‘निगमको सम्बन्धित विभागले यस विषयमा थप प्रक्रियाअनुसार काम गर्नेछ’ उनले भने, ‘दुवै देशका नियामक निकायले उडान अनुमति दिएपछि भैरहवा-दिल्लीको उडान योजना सार्वजनिक गर्नेछौं।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।