खुमबहादुर खड्काका छोरा अनुराग बने लुम्बिनीका कान्छा सांसद

खुमबहादुर खड्काका छोरा अनुराग बने लुम्बिनीका कान्छा सांसद

दाङ क्षेत्र नम्बर १ (२) मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का निर्वाचित भएका छन्।

अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरेका छन्। उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरे।

खड्काले केसीलाई ३ हजार ५२ मत अन्तरले पराजित गरेका हुन्। यो निर्वाचन क्षेत्रमा कुल ३८ हजार ५ सय ९२ मत खसेको थियो।

Europass CV in Nepal

खत्री लमही नगरपालिकाका यसअघिका मेयर हुन्। अनुराग खुमबहादुर खड्काका छोरा हुन्। खुमबहादुरको निधनपछि अनुराग राजनीतिमा लागेका थिए। बुवाकै योगदानको जगमा उनले चुनाव जितेका छन्।

खुमबहादुरको निधनपछि १३ औं दिनमा लमही ८ सतबरियामा भएको श्रद्धाञ्जली सभाबाटै अनुरागले आफू राजनीतिमा सक्रिय हुने घोषणा गरेका थिए।  त्यो बेला अनुराग बेलायतमा पढ्दै थिए।
अनुरागले पुख्यौली गाउँमा घरसमेत बनाएका छन्। पुरानो घर द्वन्द्वकालमा माओवादीले बम हानेर ध्वस्त बनाइदिएको थियो। अहिले त्यही नयाँ घरबाट उनले राजनीतिक भेटघाट गर्ने गर्छन्।

उनी कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका थिए। पछि महासमिति सदस्य पनि भए। उनी पार्टीमा पनि लोकप्रिय छन्, महाधिवेशन प्रतिनिधिमा उनले धेरै मत ल्याएका थिए।

अनुरागलाई टिकट दिलाउन उनकी आमा शिला शर्मा खड्काले पहल गरेकी थिइन्। अनुराग लुम्बिनी प्रदेश सभा सदस्य भएका छन्। उनी लुम्बिनी प्रदेश सभामा कान्छो सदस्य हुन्।

जितपछि अनुरागले जिल्लाका विकास निर्माणलगायतमा आफूले प्राथमिकताका साथ काम गर्ने बताए।