मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

निर्वाचितपछि गगनले भने, अब एक दिन पनि चुक्ने र थाक्ने सुविधा मसँग छैन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित नेता गगन थापाले पार्टीलाई एकताबद्ध गर्ने र सुदृढ गराउनु आफ्नो कर्तव्य रहेको बताएका छन्।महामन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘म समूहमा बसेर निर्वाचनमा लडे। म सिंगो पार्टीको महामन्त्री हुँ। पार्टीलाई व्यवस्थापन गर्ने मुख्य काम महामन्त्रीको हो।’ उनले एक दिन पनि चुक्ने र थाक्ने सुविधा आफूसँग नभएको बताए।

महामन्त्रीका पराजित उम्मेदवार प्रदीप पनि गगन–विश्वप्रकाशले जित्दा खुशी !

काँग्रेस महामन्त्रीमा पराजित बनेका नेता प्रदीप पौडेलले विजयी भएका नेताहरु गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले गगन र विश्वप्रकाशले जित्दा आफू खुशी नै भएको बताए ।

‘मेरो राजनीतिक उन्नतीमा उहाँहरुको सहयोग छ । उहाँहरु निर्वाचित हुँदा म खुशी छ’, अन्तिम नतिजा आएपछि पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा उनले भने, ‘ चुनावमा जितिन्छ भनेर नै प्रतिस्पर्धामा जाने हो । चुनावी प्रक्रियामा उहाँहरुले विजय हासिल गर्नुभयो बधाई छ ।’

उनले काँग्रेसमा पुस्तान्तरण भएको भन्दै अब वैचारिक रुपान्तरण पनि गर्न जरुरी रहेको बताए । ‘काँग्रेसमा पुस्तान्तरण भएको छ, अब वैचारिक रुपान्तरण पनि गर्नुपर्छ । उहाँहरुलाई मेरो साथ सहयोग रहन्छ’, पौडेलले भने । पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।