मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

राजनीतिबाट पनि बाहिरिन सक्छु : मिनेन्द्र रिजाल

Himali Patrika 1 मिनेट पढाइ

काँग्रेस नेता मिनेन्द्र रिजालले सक्रिय राजनीति बाटै सन्यास लिन सक्ने संकेत गरेका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् ।

‘मैले संकेत गरेको होइन, सम्भावना त छँदै छैन पनि भनेको होइन’, उनले भने, ‘म त्यो निर्णयमा पुगेको छैन । तर एउटा कुरा त के भने गम्भीर रुपमा सोच्छु । सोच्दा फेरि कुन निर्णयमा पुग्छु त्यो जानकारी तपाईँहरूलाई दिन्छु ।’ उनले सार्वजानिक पदमा रहने भएपनि राजनीतिभित्र वा बाहिर कहाँ रहने भन्नेबारे निर्णयमा छिट्टै पुग्ने उनको भनाइ छ।

उनले प्रतिनिधिसभाको कार्यकाल रहँदासम्म सरकारलाई प्रतिनिधिसभा सदस्यको हैसियतले सहयोग गरिरहने पनि बताए । रिजालले महाधिवेशनमा पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएकाले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । महामन्त्रीमा पराजित उनले यही कुरालाई हृदयङ्गम गर्दा मन्त्री पदमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।