मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्डपथ छोड्नु माओवादीको गम्भीर गल्ती थियो : जनार्दन शर्मा

Himali Patrika 1 मिनेट पढाइ

१ पुस, काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औं शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताएका हुन् ।

प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाइ छ ।

‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौं । त्यसको सही उपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापिदियौं’ उनले भने, ‘मानौं त्यो केही पनि थिएन ।

त्योभित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरुको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केही पनि होइन जस्तो गरेर फ्याँकिदियौँ । पार्टी केन्द्रीय समितिले गम्भीर गल्ती गर्‍यो ।’

प्रचण्डपथलाई फ्याँकेका कारण पार्टीमा निराशा पैदा भएको पनि शर्माले बताए । ‘पार्टी नेतृत्वले प्राधिकार प्राप्त गरेको थियो त्यो समाप्त भयो र हामी कमजोर भयौं । हाम्रो सकारात्मक पक्षहरुलाई हामीले छोड्यौँ र हाम्रा उपलब्धीप्रति गर्जिएर यो हामीले गरेको परिवर्तन भन्न सकेनौं’ उनले भने । अनलाइनखबरबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।