समानुपातिकतर्फ माओवादीलाई उछिन्दै तेस्रो स्थानमा पुग्यो राष्ट्रिय स्वतन्त्र पार्टी

समानुपातिकतर्फ माओवादीलाई उछिन्दै तेस्रो स्थानमा पुग्यो राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ । देशभरको समानुपातिक मतगणना जारी रहँदा आइतबार दिउँसोसम्म चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ ।

आइतबार दिउँसोसम्म समानुपातिकमा सर्वाधिक मत प्राप्त गर्नेमा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । आइतबार साँझसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ४८ हजार ५५३ मत ल्याउँदै समानुपातिक तर्फ तेस्रो स्थानमा पुगेको हो । जवकि माओवादी केन्द्रले हालसम्म समानुपातिक तर्फ १० लाख ३७ हजार १५० मत ल्याएको छ ।

समानुपातिकतर्फ पहिलो स्थानमा भने २४ लाख ७७ हजार ५९० मतसहित नेकपा एमाले छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ५५ हजार ३८७ मत ल्याएको छ । हालसम्म ९० लाख ९१ हजार २५४ समानुपातिकतर्फको मतगणना भइसकेको छ । प्रत्यक्षतर्फको मतपरिणाम अनुसार कांग्रेस पहिलो स्थानमा, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र नेकपा एकीकृत समाजवादी चौथो स्थानमा छ ।

Europass CV in Nepal

Europass CV in Nepal