युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले सोमबार इतिहास रचेका छन् । विजय हजारे ट्रफीमा महाराष्ट्रका लागि खेल्दै गायकवाडले उत्तर प्रदेश विरुद्धको खेलमा एक ओभरमा सात छक्का प्रहार गरेका हुन्। लिमिटेड ओभरको क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।
गायकवाडले महाराष्ट्रको इनिङ्सको ४९ औं ओभरमा यो उपलब्धि हासिल गरेका हुन् । शिव सिंहको यो ओभरमा एक बल नो बल थियो । यसरी यो ओभर सात बलको थियो र गायकवाडले सबै सात बलमा छक्का हाने । यो ओभरमा कुल ४३ रन बने । यस इनिङ्समा गायकवाडले १५९ बलमा २२० रन बनाएका थिए । यस क्रममा उनले १० चौका र १६ छक्का प्रहार गरे ।
गायकवाडको यो इनिङको मद्दतले महाराष्ट्रले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३३० रन बनाएको थियो । यस इनिङ्समा गायकवाडले ओपनिङ गरेका थिए । उनी बाहेक महाराष्ट्रका अन्य कुनै ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन् । अंकित बावने र अजिम काजीले ३७–३७ रनको इनिङ खेले । उत्तर प्रदेशका लागि फास्ट बलर कार्तिक त्यागीले ६६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।
लिस्ट ए क्रिकेटमा एक ओभरमा ४३ रन बनेको यो दोस्रो पटक हो । यसअघि सन् २०१८-१९ मा न्युजिल्यान्डको घरेलु क्रिकेटमा यस्तो भएको थियो। त्यसपछि सेन्ट्रल डिस्ट्रिक्टका बलर विलेम लुडिकले एक ओभरमा ४३ रन दिए । उक्त ओभरमा लुडिकले दुई नो-बल र नर्दन डिस्ट्रिक्टका ब्याट्सम्यान जो कार्टर र ब्रेट ह्याम्पटनले एकसाथ ६ छक्का प्रहार गरे। त्यो ओभरमा १ चौका र १ सिंगल पनि बन्यो ।