एकीकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने

एकीकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने

१३ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई आगामी दिनका लागि समेत निरन्तरता दिने निर्णय गरेको छ ।चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेकोहो ।

‘जे जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौ, यो परिणाम हामीले सोचेको जस्तो छैन्,’ बैठकबारे प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘तर, गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई हामीले रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

खतिवडाले सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि गरिने जानकारी दिए । त्यस्तै सरकार गठन पनि सबै नजिता आएपछि मात्रै स्पष्ट हुने बताए ।

Europass CV in Nepal

चुनावी समीक्षा गर्न नेकपा एसको सचिवालय बैठक

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न पार्टी कार्यालय आलोकनगरमा बैठक बसेको हो ।११ बजेबाट सुरु भएको बैठकमा चुनावी समीक्षा, सरकार निर्माणमा पार्टीको भूमिका, आगामी कदमलगायतको विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनबाट चुनावमा होमिएको नेकपा एसले प्रत्यक्षतर्फ १० सीट जितेको छ । समानुपातिकमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने सम्भावना कमजोर देखिएको छ ।समाजवादीका तर्फबाट चुनाव लडेका सम्मानित नेता झलनाथ खनालसहित जगन्नाथ खतिवडा, रामकुमारी झाँक्रीलगायतले चुनाव हारेपछि गठबन्धनमा धोखा भएको नेताहरुले आरोप लगाउँदै आएका छन् ।