मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सिन्धुपाल्चोक र काभ्रेबीच सीमा विवाद चर्किँदै

Himali Patrika 1 मिनेट पढाइ

सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद चर्किँदै गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गरेकाको जग्गाको लालपुर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधावाट बञ्चित भएको उनीहरूको गुनासो छ ।

‘हामीसँगै बसोवास गर्ने धेरै परिवारमा आमा काभ्रे छोराछोरी सिन्धुको बासिन्दा छौ’, चौतारा साँगाचोकगढी ११ तस्बिर माझीले भने । जनकराज गिरी प्रधानपञ्च हुँदा २८ माघ २०३३ मा राजपत्रमा र २०३८ सालमा सिन्धुकै भूमि भनि नापी भएकोमा काभ्रेमा गोविन्द उप्रेती सांसद भएपछि आफूअनुकूल निर्णय गरि राज्यको कर्मचारीलाई नै दवाब पारेर मालपोत, श्रेस्ता र नापीको लगतसमेत कब्जामा लिई काभ्रेमा पारेर गैरकानुनी कार्य गरेकोप्रति अधिवक्ता रोजनराज गिरीले आक्रोश पोखे ।

काभ्रेको भुम्लो गाउँपालिकाले जबरजस्ती नदी किनारामा डोजर प्रयोग गरी अरनिको राजमार्ग नै धरापमा पर्ने गरि सिन्धुको भूमिमा डोजर चलाएको प्रति बन्देउटार र डुम्रेमाझी गाउँको बासिन्दाले विरोध गरेका हुन् ।

बिहीबार अधिवक्ता रोशनराज गिरीको अगुवाइमा एक घन्टे चक्काजाम गरिएको थियो । उनीहरूले चक्का जामपछि गरिएको पत्रकार सम्मेलनमा सिन्धुको भूमि काभ्रेले जबरजस्ती हडपेको भन्दै थप आन्दोलनलाई सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।