मंसिर लागेसँगै विवाहको मौसम सुरु भएको छ । पछिल्लो समय विवाह संस्कारमा आएको विदेशी प्रभावलाई लिएर कतिपय चिन्तित पनि छन् ।जीवनमा एकपटक गर्ने विवाहलाई किन धुमधामले नगर्ने भन्दै एकथरी खर्चिलो प्रवृत्तिलाई बढावा दिइरहेका छन् । यो प्रवृत्तिलाई कटाक्ष गर्दै हास्य टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ले विवाह विशेष एपिसोड तयार पारेको छ ।
नेपाली संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले श्रृंखला तयार पारिएको निर्देशक अर्जुन घिमिरेले बताए । दर्शकले आगामी बिहीबार राति ८ बजे हिमालय टीभीमा विवाह विशेष श्रृंखला हेर्न पाउनेछन् । ‘विवाह सिजनले नेपाली संस्कृति र कला हरायो । विदेशी संस्कृति भित्रिन थाले र मान्छेले मौलिकता भुल्दै गए । नेपाली संस्कृतिलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले एपिसोड तयार पारेका छौं,’ पाँडेले भनेका छन् ।
चुनावको समयमा चुनावको कथावस्तुमा केन्द्रित भएका हास्यश्रृंखला यसपटक विवाह केन्द्रित भएका छन् । कतिपयले विश्वकप फुटबलको कथावस्तुमा आधारित रहेर श्रृंखला निर्माण गरिरहेका छन्